|

बस्तुभाउलाई जाडोबाट जोगाउन बालिएको आगोले घरगोठ जल्यो

महोत्तरी, माघ ३ – महोत्तरीको माइस्थान ८ टुटेश्वरमा मंगलबार राती एकजना किसानको घर गोठमा आगलागी हुँदा दुईलाख रुपैयाँ भन्दा धेरैको क्षति भएको छ ।

स्थानीय राजेन्द्र साह कानुको गाइ गोठमा बस्तुभाउलाई जाडोबाट जोगाउन बालिएको आगो गोठसँगै घरमा समेत सल्किएको हो ।

आगलागीबाट घरमा रहेका सबै खाद्यान्न, लत्ता कपडा, भाँडाकुडासँगै नगद र गरगहना समेत जलेको छ भने गोठमा बाँधिएको एउटा बाच्छी पनि मरेको छ । घरसँगै सम्पूर्ण सरसमान आगोमा जलेपछि पीडित परिवारको विचल्ली भएको छ ।स्रोत :उज्यालो नेटवर्क

Posted by Butwalonline on 7:39 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "बस्तुभाउलाई जाडोबाट जोगाउन बालिएको आगोले घरगोठ जल्यो"

Leave a reply