|

सिरियाको एक विश्वविद्यालयमा विस्फोट हुंदा ८३ जनाको मृत्यु

काठमाडौं, माघ ३ । सिरियाको एलोप्पो शहरको विश्वविद्यालयमा शक्तिशाली विस्फोट हुंदा कम्तिमा ८३ जना मारिएका छन् । सिरिया सरकारले विश्वविद्यालयमा विद्रोहीले रकेट आक्रमण गरेको आरोप लगाएको छ भने विद्रोहीहरुले युद्धक विमानबाट विश्वविद्यालयमा मिसाईल आक्रमण भएको दावी गरेका छन् । तर बीबीसीले विस्फोटको कारण स्पष्ट नभएको जनाएको छ । मारिनेमा अधिकांश विद्यार्थी छन् । विश्वविद्यालय भवन र नजिकका बासिन्दाहरुको घरमा ब्यापक क्षति पुग्ने गरी गराईएको विस्फोटमा परी कयौं घाईते भएका छन् । सिरियामा जारी सरकार बिरोधी प्रदर्शन र विद्रोही तथा सरकारी सेनाबीचको भीडन्त एलोप्पो शहरमा केन्द्रित रहदै आएको छ ।स्रोत : ईमेज  च्यानल

Posted by Butwalonline on 7:22 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "सिरियाको एक विश्वविद्यालयमा विस्फोट हुंदा ८३ जनाको मृत्यु "

Leave a reply