मुलुक बहुराष्ट्रिय कर्मचारीले विगारे : मन्त्री पण्डित
सलमान खान,५ बैशाख, भैरहवा ।
मुलुक बहुराष्ट्रिय कर्मचारीले विगारेको आरोप सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले लगाएका छन् ।
मन्त्रि पण्डितले नेपाल जेसीजको १७ औ नेशनल काउन्सीलर एकाडेमीको भैरहवामा उद्घाटन गर्दै भने “नेपालका निजामति कर्मचारीहरु नेपालीले तिरेको करबाट तलब खाने तर सपना र विपना विदेशमा राखेकोले यो देश पछाडी परेको बताए ।
उनले उपस्थित जनतालाई प्रतिप्रश्न गर्दै सोधे , तपाइहरु भन्नुस म बहुराष्ट्रिय भए भने म नेपाल र तपाईहरुप्रति कत्तिको जवाफदेही हुन्छु । पक्कै हुन्न । त्यस्तै कर्मचारीहरु बहुराष्ट्रिय हुदा मुलुकको सेवा नभएको जनाए । एमालेका नेता समेत रहेका मन्त्रि पण्डितले नेपालका कर्मचारीहरु जागिर खादा खाएको सपथ अनुसार काम नगरी पैसाकोलागी काम गरेको बताए ।
उनले कर्मचारीहरुले नेपाल र नेपालीलाई बन्धकी राखेर नेपालको बद्नाम गरेको समेत बताए । मन्त्रि पण्डितले पिआर र ग्रिन कार्ड लिएर विदेश गएका कर्मचारीले र्मिन्टयान्सको औषधी खादा झाडापखलाले ग्रस्त भएको समेत व्यंग्य गर्दै । रोगी कर्मचारीले देशको विकास नहुने समेत बताए ।
उनले जेसीजका सदस्यहरुले पनि राष्ट्र र राष्ट्रियताको सबालमा गम्भिर भएर तालिम लिनुपर्ने सुझाव दिदै आफुले मुलुकलाई गद्धार गर्ने विशिष्ट तह देखी तल्लो तहसम्मका अवसरवादी सबै प्रवृर्तिका कर्मचारीलाई कारबाहि गरेरै छाड्ने प्रतिबद्धता समेत व्यक्त गरे । मन्त्रि पण्डितले नेपालमा सरकारी जागिर खाने र विभिन्न देशका डिभि , पिआर , ग्रिनकार्ड र रासनकार्ड लिएर बसेका कर्मचारीले राष्ट्रको हितमा भन्दा पनि व्यक्तीगत स्वर्थमा रहेर काम गरेको बताए ।
कार्यक्रममा नेपाल जेसीजका वर्ष २०१४ का राष्ट्रिय सिनेटर अध्यक्ष सुशील बाबु श्रेष्ठले गलत र अवसरवादी प्रवृेर्तिका कर्मचारीलाई कारबाहि गर्ने अभियानमा नेपालका सबै युवा पंक्तिले सहयोग गर्ने प्रतिबद्धता जनाउदै मन्त्रि पण्डितलाई आफ्नो अभियानमा अडिग हुन आग्रह गरे । अध्यक्ष श्रेष्ठले समयमै संविधान जारी गर्न माग गर्दै संविधान समयमै जारी गराउन का लागी दवाब दिन जेसीजले देश भर कार्यक्रम गर्ने जानकारी गराए ।
नेपाल जेसीजको आयोजना तथा जेसीआई सिद्धार्थ, नेपालको आतिथ्यतामा भएको कार्यक्रममा जेसीआई सिद्धार्थका अध्यक्ष साजनजंग राणाले स्वागत गरेका थिए । कार्यक्रममा कार्यक्रम निर्देशक हेमन्त अग्रवाल, राष्ट्रिय तालिम संयोजक मोहन श्रेष्ठ, प्रमुख प्रशिक्षक राजेन्द्रमान श्रेष्ठले कार्यक्रमको उद्धेश्यमाथी प्रकास, राष्ट्रिय उपाध्यक्ष अर्जुन चापागाईले मन्तब्य तथा उपाध्यक्ष दिपेन्द्र कुमार वर्तौलाले धन्यावाद ज्ञापन गरेका थिए । कार्यक्रममा संविधानसभा सदस्य आदीत्य नारायण कसौधन, लगायतको आतिथ्यता रहेको थियो । स्थानिय सिद्धार्थनगर उद्योग वाणिज्य संघको सभाहलमा भएको उद्घाटन सत्रमा जेसीआई सिद्धार्थका महासचिव विकास श्रेष्ठले आस्था पाठ, सागरपोखरेलले व्याच वितरण तथा हेभन्ली किड्स क्याम्पसका ५ जना बालिकाले स्वागत गीत गाएका थिए भने कार्यक्रमको सन्चालन जेसीआई सिद्धार्थका पुर्व अध्यक्ष दीपेन्द्रमान श्रेष्ठ र जेसीआई सिद्धार्थ लेडीको अध्यक्ष रचना क्षेत्रीले गरेका थिए ।
शान्तिकोको मुहान लुम्बिनीको प्रवेशद्वार भैरहवामा शुक्रबारदेखी शुरु हुने नेशनल काउन्सीलर एकाडेमीमा सहभागीहुन नेपाल जेसीजसंग आवद्ध १ सय २३ शाखाको अध्यक्ष सहित ३ जना र नेपाल जेसीजका सम्पुर्ण पदाधिकारी , भुपु अध्यक्ष तथा सल्लाहकारगरी ५ सय जना युवाहरुको सहभागिता रहने १७ औ काउन्सीलर एकाडेमीका कार्यक्रम अध्यक्ष सन्जिव शर्मा रेग्मीले जनाए ।
![](http://3.bp.blogspot.com/-QRlvJwBFuVA/UOmaRaHMxnI/AAAAAAAAP60/i40pgqDAyAk/s1600/butwalonline.png)