|

एक दिने बाल विकास योजना तयारी गोष्ठी सम्पन्न

वृजराज कुशवाहा फागुन १६-पछौटेपन उन्मुलन समाज बेस पाल्पाको आयाजनामा नवलरासीको गूठी परसौनीमा आज एक दिने बाल विकास योजना तयारी गोष्ठी सम्पन्न भएको छ ।

गाविसमा बाल विकासको सुदृढिकरणका लागि ५ वर्षे योजना तयार गरीयो । योजनामा बाल विकास कक्षामा नगएका ३ देखि ५ वर्ष उमेरका बालबालिकाहरुलाई बाल विकास कक्षामा सहभागी गराउने रणनीति तयार गरिएको छ । सर्वप्रथम गाविस क्षेत्रका ९ वटै वडाको तथ्यांक संकलन गरी वञ्चितीमा परेका बालबालिकाहरुको संख्याका आधारमा केन्द्रको स्थापना गरी कक्षा संचालन गरीने छ । गोष्ठिमा गाउ बाल संरक्षण समितिका संयोजक वृजराज कुशवाहा, गाविस सचिव घनश्याम ज्ञवाली, बेस नेपालका फिल्ड सुपरभाईजर बीना चौधरी र सहजकर्ता चन्दन गुरौले सुझाव मन्तब्य राखेका थिए ।

Posted by Butwalonline on 6:25 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "एक दिने बाल विकास योजना तयारी गोष्ठी सम्पन्न"

Leave a reply

ताजा अपडेट

तपाईंका प्रतिक्रियाहरु