|

सर्वोच्चद्वारा स्थायी शिक्षकको विज्ञापन बदर गर्न परेको रिट खारेज

काठमाण्डौ,माघ १२ - शिक्षक सेवा आयोगले खुलाएको स्थायी शिक्षकको विज्ञापन बदर नहुने भएको छ । सर्वोच्च अदालतमा परेको रिटमा अन्तरिम आदेश जारी नहुने भएपछि विज्ञापन खारेज नहुने भएको हो । न्यायाधीश कल्याण श्रेष्ठ, गिरिषचन्द्र लाल र सुशीला कार्कीको इजलासले विज्ञापन बदर गर्न नपर्ने भन्दै रिटमा अन्तरिम आदेश दिनु नपर्ने फैसला गरेको हो । अम्विकाप्रसाद चौहानले शिक्षक सेवा आयोगले निकालेको विज्ञापन अन्यायपुर्ण भएको दाबीसहित अन्तरिम आदेशको माग गर्दै सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।

Posted by Butwalonline on 6:38 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "सर्वोच्चद्वारा स्थायी शिक्षकको विज्ञापन बदर गर्न परेको रिट खारेज"

Leave a reply

ताजा अपडेट

तपाईंका प्रतिक्रियाहरु