|

२६ जना प्रहरी उपरिक्षकको बरिष्ठ प्रहरी उपरिक्षकमा बढुवा

काठमाण्डौ,माघ १२ - गृह मन्त्रालयले २६ जना प्रहरी उपरीक्षक डिएसपीलाई बरिष्ठ प्रहरी उपरीक्षक एसपीमा बढुवा गरेको छ । रिक्त रहेको २६ पदमा प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले आज बढुवाको निर्णय गरेको हो ।

गृहले डियोस लोहनी, विश्वराज पोखरेल, अरुण विसी, रवीन्द्र धानुक, प्रेमवहादुर मल्ल, शिशिर कर्माचार्य, राजेन्द्र चौधरीलाई बढुवा गरेको हो । यस्तै अजय भट्टराई, प्रकाश अधिकारी, उत्तम सुवेदी, धिरजप्रताप सिंह, बसन्त लामा, शरद खत्री, उमेश रञ्जितकार, विक्रम चन्द, शेखर कोइराला, गोपीमान श्रेष्ठ, इश्वरी चापागाई, मुकुन्दराज आचार्य पनि बढुवा हुनुभएको छ । त्यस्तै सहकुल थापा, पुजा सिंह, विरेन्द्र वस्याल, सुसिलकुमार यादव, टेकवहादुर गुरुङ, शुकदेव न्यौपाने, मसाउद आलम खाँलाई पनि एसपीमा बढुवा गरिएको छ ।  प्राविधिक तर्फ लोकेशचन्द्र सिंह एसपीमा बढुवा हुनुभएको छ । डिएसपीको बढुवा गर्दा वरिष्ठता क्रममा भने व्यापक हेरफेर गरिएको श्रोतले जनाएको छ । प्रहरीमा एक सय २९ एसपीको दरवन्दी छ । एसपीको बढुवा तयारी पनि अन्तिम प्रकृयामा रहेको गृह श्रोतले जनाएको छ ।

Posted by Butwalonline on 6:41 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "२६ जना प्रहरी उपरिक्षकको बरिष्ठ प्रहरी उपरिक्षकमा बढुवा "

Leave a reply

ताजा अपडेट

तपाईंका प्रतिक्रियाहरु