|

नेपाल–भारत जलश्रोत सचिवस्तरीय संयुक्त बैठक आजदेखि सुरु

काठमाण्डौ,माघ १२ - नेपाल–भारत जलश्रोत सचिवस्तरीय संयुक्त आयोगको दुइदिने बैठक आजदेखि काठमाडौंमा सुरु भएको छ । बैठकमा उर्जा व्यापार सम्झौताका साथै पञ्चेश्वर र कोशी उच्च बाँध बहुउद्देश्यीय परियोजनाका विषयमा छलफल हुनेछ ।

यस्तै अन्तरदेशीय विद्युत प्रशारण लाइनका बारेमा समेत छलफल हुने बताइएको छ । बैठकमा उर्जा व्यापार सम्झौंतामा हस्ताक्षर भए उर्जा आयातको सिमा बढाउन तथा व्यापारीक दरमा उर्जा खरिद विक्री गर्न सहज हुने भएको छ । आजको बैठक कोशी उच्च बाँध बहुउदेश्यीय परियोजना र सुनकोसी स्टोरेज एवं डाइभर्सन योजनाको विस्तृत प्रतिवेदन तयार पार्ने विषयमा केन्द्रीत भएको छ ।

Posted by Butwalonline on 6:46 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "नेपाल–भारत जलश्रोत सचिवस्तरीय संयुक्त बैठक आजदेखि सुरु "

Leave a reply