|

भारतमा महिला मुद्दा हेर्न छुट्टै अदालत

कोलकाता,माघ १२ - भारतको पश्चिम बंगालमा महिलाको मुद्दा हेर्न विशेष अदालत स्थापना गरिएको छ । विशेषगरी महिलाविरुद्ध हुने अपराधको मुद्दामा सुनुवाई गर्ने गरी स्थापना गरिएको अदालतमा न्यायाधीश, सरकारी वकिल र सबै कर्मचारी महिला हुनेछन् ।

कोलकाता उच्च अदालतका मुख्य न्यायाधीश अरुण मिश्राको आदेशमा विशेष अदालत स्थापना गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । महिलामाथि हुने अपराधसंग जोडिएका मामिला छिटो किनारा लगाउन र कानूनी कारवाहीका क्रममा महिलाको गोप्यता कायम राख्न अदालत स्थापना गर्नु अत्यावश्यक भएको न्यायाधीश मिश्राको भनाई छ । विशेष अदालत स्थापनापछि खासगरी बलात्कार र यौन दुर्व्यवहार पीडित महिलालाई सहज हुने अपेक्षा गरिएको छ ।

Posted by Butwalonline on 6:49 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "भारतमा महिला मुद्दा हेर्न छुट्टै अदालत"

Leave a reply

ताजा अपडेट

तपाईंका प्रतिक्रियाहरु