उत्तरकोरियाद्वारा तेश्रो आणविक परिक्षणको तयारी
उत्तरकोरिया,माघ १२ - उत्तरकोरियाले तेश्रो आणविक परिक्षणको तयारी गरिरहेको छ । उत्तरकोरियाली सरकारी समाचार संस्था केसी एनएलाई उद्धृत गर्दै विविसीले जनाए अनुसार उत्तरकोरियाली उच्च सैन्य अधिकारीहरुले आणविक परिक्षणका साथै अरु केही लामोदुरीका क्षेप्यास्त्र परिक्षणको तयारी भइरहेको बताएका छन् ।
अन्तर्राष्ट्रिय समुदायको विरोधका वावजुद उत्तरकोरियाले यसअघि सन् २००६ र २००९ मा आणविक परिक्षण गरेको थियो । अब गरिने आणविक परिक्षण उच्च स्तरको हुने उत्तरकोरियाको भनाई छ । उत्तरकोरियाले भुउपग्रहका लागि भन्दै गत डिसेम्बरमा लामो दुरीको रकेट प्रक्षेपण गरेको थियो । उसले अब अमेरिकासम्म मार हान्न सक्ने रकेट प्रक्षेपण गर्ने पनि घोषणा गरेको छ । उत्तरकोरियाले उर्जाका लागि शान्तिपुर्ण आणविक कार्यक्रम सञ्चालन गरिरहेको दावी गर्दै आए पनि उसका छिमेकी देश र पश्चिमा देशले उत्तरकोरियाको आणविक कार्यक्रक हतियारका लागि भएको दावी गर्दै आएका छन् ।
