एमालेले आन्दोलन शसक्त बनाउने
बिनोद परियार,बुटवल, माघ ११ । नेकपा एमाले रुपन्देहीले बर्तमान सरकारको बहिर्गमनका लागि प्रतिपक्षिहरुले आब्हान गरेको आन्दोलनलाई रुपन्देही जिल्लामा शसक्त बनाउने निर्णय गरेको छ । पार्टी जिल्ला सचिवालयको बुधवार बसेको बैठकले भोलि शुक्रबार भैरहवामा जिल्ला प्रशासन घेरा गर्न आयोजित आन्दोलनको कार्यक्रम अन्तर्गत एमालेले भैरहवाको बुद्ध चोकबाट बृहत जुलुस सहित प्रशासन कार्यालय घेराउ गर्ने कार्यक्रम तय गरेको पार्टी जिल्ला प्रचार बिभाग प्रमुख तेजेन्द्र के.सी.ले जानकारी गराउनुभएको छ । उक्त कार्यक्रममा उपस्थितीको लागि पार्टीले सम्पुर्ण नेता तथा कार्यकर्तालाई आब्हान समेत गरेको छ ।
यस्तै बैठकले पाटीको संगठन सुदृढीकरण तथा बिस्तारका लागि तीन महिने कार्ययोजना तयार गरेको प्रचार बिभाग प्रमुख के.सी.ले जानकारी गराउनुभएको छ । बैठकले जिल्ला पार्टी मातहतका अवधि पुगेका सम्पुर्ण कमिटीहरुको भेला तथा अधिवेशन सम्पन्न गर्ने, पार्टी सदस्य तथा जनबर्गिय संगठनहरुको सदस्यता बितरण गर्ने र आगामी चैत्र २५ गते सम्म पार्टी संगठित सदस्यता नविकरण गर्ने कार्ययोजना तय गरेको प्रचार बिभाग प्रमुख के.सी.ले जानकारी गराउनुभयो ।
यस्तै बैठकले युवा संघ नेपालको आगामी फागुन ११, १२ र १३ गते बुटवलमा आयोजना गरिएको ८ औं राष्ट्रिय माहाधिबेशन लाइ मध्यनजर गर्दै यहि माघ २० गते बुटवलमा बृहत अन्तरक्रिया सम्पन्न गर्ने निर्णय गरेको छ । उक्त कार्यक्रम सम्पन्न गर्न युवा संघका केन्द्रीय सदस्य तथा एमाले रुपन्देहीका सदस्य राजु गुरुङ्गको संयोजकत्वमा ९ सदस्य ब्यवस्थापन समिति निर्माण गरिएको छ ।
यस्तै पार्टीले पुष्पलाल कार्यकर्ता संरक्षण कोष तथा, मदन–आश्रित अक्षय कोषको ब्यवस्थापनका लागि जिल्ला सदस्य देवेन्द्र ध्वजू र बाशुदेव घिंमिरेलाई जिम्मेवारी तोकेको छ ।
पार्टी जिल्ला अध्यक्ष भोजप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको बैठकमा एमाले पोलिटब्युरो सदस्य तथा अंचल संयोजक छविलाल बिश्वकर्मा प्रमुख आथिति तथा अंचल सचिव खिमलाल भट्टराई आथिति रहनुभएको थियो ।
