तीन विद्यार्थी संगठन आन्दोलित
बिनोद परियार,बुटवल,११ माघ । रुपन्देहीका तीन विद्यार्थी संगठनले आज सरकार विरुद्ध प्रशाशनमा धर्ना दिदै ज्ञापनपत्र बुझाएका छन् ।
नेवि संघ, अनेरास्ववियु र अखिल छैठौंले संयुक्तरुपमा ईलाका प्रशाशन कार्यालय बुटवलमा धर्ना सहित ज्ञापन पत्र बुझाएका हुन । वर्तमान सरकार विरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।
उनीहरुले सरकार सरकार सर्वसत्ताबादी, बिखण्डनकारी र फाासीबादी बन्दै गएको र दण्डहीनतालाई प्रश्रय दिएको भन्दै तत्तकाल सरकारको राजीनामा माग गर्दै विरोध जनाएका हुन । संयुक्त बिद्यार्थी संगठनहरुको केन्द्रीय कार्यक्रम अन्तर्गत रुपन्देहीमा पनि आन्दोलन गरेका हुन । नेवि संघका अध्यक्ष प्रकाश राना,अनेरास्ववियुका अध्यक्ष सरोज पोखरेल,र अखिल छैठौंका प्रकाश जीसीद्धारा हस्ताक्षरित ज्ञापनपत्र ईलाका प्रशाशन कार्यालय बुटवलका प्रमुख रमेश गौतमलाई बुझाईएको हो
