डिजेल प्लान्टको जिम्मा निजिलाई देउ : राजकर्णिकार
बिनोद परियार,रूपन्देही,११ मघ । नेपाल उद्योग बाणिज्य महासंघका कार्यबाहक अध्यक्ष भाष्करराज राज कर्णीकारले डिजेल सरकारले ल्याउन लागेको डिजेल प्लान्टको जिम्मेवारी निजि क्षेत्रलाई दिनुपर्ने बताउनुभएको छ । सरकारले प्लान्ट खरिद गरि आयात गरेमा आर्थिक चलखेल हुन सक्ने भन्दै निजी क्षेत्रलाई जिम्मा दिनुपर्ने उहाँले बताउनुभएको हो ।
बुटवल उद्योग बाणिज्य संघले विहिबार आयोजना गरेको उद्योगी ब्यवसायिसंघको भेटघाटकाका क्रममा कर्णिकारले डिजेल प्लान्टको बिषयमा ब्यवसायिहरुकै विचमा मतान्तर रहेपनि निजि क्षेत्रलाई दिए उपयोगी हुन सक्ने बताउनुभयो ।
उहाँले पछिल्लो समयमा संक्रमणकाल लम्बिदै जांदा सोचेजस्तो आर्थिक उन्नती हुन नसकेपनि सरकार संगको सहकार्य भने सतप्रतिशत रहेको बताउनुभयो ।
महासंघले उर्जा संकट समाधानका लागि २५ वर्षे रणनीति समेटेर श्वेतपत्र तयार पारेको र एक महिनाभित्र सरकारलाई बुझाउने उहाले उक्त अवसरमा जानकारी गराउनुभयो । सरकारले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा पनि सकारात्मक परिवर्तन आएको उहाको भनाई छ । सरकारसंगको सघन सहकार्य र छलफलका कारण एकीकृत माओवादी जस्तो उदार अर्थतन्त्र विरोधी पार्टीलाई पनि विचलन गराएर खुला र उदार अर्थतन्त्रको पक्षमा ल्याउन महासंघ सफल भएको राजकर्णिकारले बताउनुभयो ।
कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र श्रेष्ठले बुटवल पावर हाउसको क्षमता विस्तार, लोडसेडिङमा लगाइएको विद्युत डिमाण्ड चार्ज घटाउन,भारतसंगको खुला सीमाबाट हुने अवैध चोरी निकासी नियन्त्रण गर्न महासंघले पहल गर्नुपर्ने माग गर्नुभयो । सो अबसरमा महासंघका केन्द्रिय सदस्य डिबि बस्नेत,सिद्धार्थनगर उद्योग बाणिज्य संघका अध्यक्ष बिष्णु प्रसाद शर्मा,बुटवल उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष अर्जुनमान शैंजु,बरिष्ठ उपाध्यक्ष महेशमान सिंह,महासचिब अनिल कुमार श्रेष्ठ लगायतले बोल्दै राज्यलाई दवाव दिनुपर्नेमा जोड दिएका थिए ।