बिपक्षी सहमती बिरोधी - प्रचण्ड
कृष्ण आचार्य,र्सुखेत, माघ १२ – एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफुहरुले सहमती गर्न चाहे पनि बिपक्षीदलहरु सहमतीको बिरोधी भएका कारण देशमा राजनैतीक अस्थीरता लम्बीएको बताउनुभएको छ ।
हिजो दैलेख बाट फर्केपछी आज र्सुखेतको विरेन्द्रनगरमा पत्रकारहरुसंग कुरा र्गदै माओवादी अध्यक्ष प्रचण्डले द्धन्दकालका घटनाहरु सत्य निरुपण तथा मेलमिलाप आयोग र्माफत छानवीन र्गनुर्पनेमा बिपक्षीहरुले अनावश्यक बखेडा झीकेको बताउनु भयो । प्रचण्डले सहमती नहुदै सरकार छोड्दा झन अन्योल हुने भन्दै आफुहरु सबै बिकल्पमा छलफलमा जान तयार रहेको र सहमती हुनेबीत्तीकै सरकार छोड्ने बताउनु भयो । एक अर्को प्रसंङगमा प्रचण्डले पत्रकार डेकेन्द्रराज थापाको मुद्दा उठाएर आफुहरुलाइ एक्लाउन खोजीएको बताउदै यसबाट आफुहरु झनै एकजुट हुन मदत पुग्ने बताउनु भयो । प्रचण्ड संगै रहेका प्रधानमन्त्री डा. बाबुराम भट्टराईले भने कुनै केही प्रतीक्रीया दिएनन् ।