एसीसी महिला क्रिकेट च्याम्पियनसिपमा नेपालले विजय सुरुवात
काठमाण्डौ,माघ १२ - थाइल्याण्डमा जारी एसीसी महिला क्रिकेट च्याम्पियनसिपमा नेपालले विजय सुरुवात गरेको छ । आज भएको खेलमा नेपालले भुटानलाई आठ विकेटले पराजित गरेको छ ।
समूह ए मा रहेको नेपालले थाइल्याण्डको प्रेम ओभल मैदानमा भुटानलाई सहजै पवराजीत गर्यो । ६६ रनको लक्ष्य नेपालले १३ दशमलव चार ओभरमा दुई विकेट गुमाएर भेट्टाएको थियो । नेपालका लागि रोशनी बोहराले १९, सीता मगरले नटआउट १८ र सरिता मगरले नटआउट ११ रन बनाउनुभएको थियो । नेपालले दोश्रो खेल भोली युएईसँग खेल्नेछ । अन्तर्राष्ट्रिय क्रिकेटमा भुटानसँग कहिल्यै नहारेको नेपालले आज पनि त्यही प्रदर्शनलाई निरन्तरता दिएको हो । सन् २००७ देखि नेपाली महिला टोलीले अन्र्तराष्ट्रिय क्रिकेटको यात्रा थालेयता भुटानलाई सिनियर र १९ बर्षमुनिको प्रतियोगितामा चार पटक नेपालले विजय हासिल गरिसकेको छ ।