छुट्टाछुट्टै दुर्घटनामा २ जनाको मृत्यु ८ जना घाइते
सलमान खान/राधेश्याम बिश्वकर्मा,भैरहवा,बैशाख ०२ - रुपन्देहीको छुट्टाछुट्टै ठाउामा सडक दुर्घटनामा परेर २ जनाको मृत्यु र ८ जना धाइते भएका छन् ।काठमाण्डौ बाट लुम्बिनी तर्फ लुम्बिनी भम्रणको लागी आउदै गरेको बा.१.ज ६६७७ नम्बरको यात्रु बाहक बस मधवलिया गउा विकास समिती वार्ड नम्बर ४ मा दुर्घटना हुदा लु.३.प ९०६३ नम्बरको मोटरसाइकलमा सवार आनन्दवन गाउा विकास समिती वार्ड नम्बर ५ मा बस्ने बर्षिय ३२ को कृष्णा खरेलको उपचारको क्रममा मृत्यु भएको छ भने बस चालक सहित ७ जना घाइते भएका छन् । घाइतेहरुको भैरहवा स्थित मेडिकल कलेजमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।
त्यस्तै भैरहवा बाट लुम्बिनी तर्फ जादै गरेको लु.५.प ९४३८ नम्बरको मोटरसाइकल र सोही दिशा बाट जादै गरेको फलामे ठेला भैरहवाको लुम्बिनी गेट नजिकै एक आपसमा ठोक्किदा मोटरसाइकल चालक धकधई गाउा विकास समिती वार्ड नम्बर ७ मा बस्ने अन्दाजी ४० बर्षिय उमाशंकर रौनियारको उपचार क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डि.एस.पी पोषराज पोखरेलले जनाएका छन् ।