रमाईलो साझमा कलाकार र खेलाडिलाई सम्मान
बाबुराम गैरे ,बैषाख २, बुटवल । लेकालि खेलकुद तथा सांगितिक मञ्च शंकरनगरले कलाकार र खेलाडिलाई सम्मान गरेको छ । नया बर्ष २०७० सालको अबशर पारेर मञ्चले आईतबार ड्राईभरटोलमा आयोजना गरेको सुभकामना आदान प्रदान तथा रमाईलो साझ कार्यक्रममा स्थानिय र राष्ट्रिय कलाकारहरुका साथै स्थानिय फुटबल खेलाडिहरुलाई पनि सम्मान गरिएको हो ।
कार्यक्रममा लोक तथा दोहोरि गायक राजु परियार, सपना गाहा, दिपक श्रेष्ठ, धन बहादुर गुरुङ, आकांक्षा बस्याल, एञ्जिला रेग्मि, नरायण शारु, निपा क्षत्रि, हास्य कलाकार बिष्णु जि पाण्डे (माईला बा) लगायतका कलाकारहरुलाई सम्मान गरेको हो । त्यस्तै कार्यक्रममा स्थानिय द राईजिङ युथ ड्राईभरटोलका फुटवल खेलाडिहरुलाई पनि नगद सहित मायको चिनो र प्रशंसा पत्रले सम्मान गरिएको थियो ।
लेकालि खेलकुद तथा सांतिगितिक मंचका संयोजक तिलक नेपालीको सभापतित्तब, शंकरनगर गाउ बिकाश समितिका सचिब लक्ष्मण अर्यालको प्रमुख आतिथ्यता, गणेश ईट्टा कारखाना कम्हरियाका प्रोप्राईटर नरेस आस्विानि र आदिबासि जनजाति महासंघ रुपन्देहिका अध्यक्ष सन्तराम चौधरिको बिशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा अस्थायि प्रहरि चौकि ड्राईभरटोलका ईन्चार्ज प्रकाश साहि, क्षेत्रि समाज नेपालका केन्द्रिय सदश्य दल बहादुर जिसि, ब्राम्हण समाज नेपालका केन्द्रिय शदश्य आत्माराम पाण्डे, बाबुराम अधिकारि, द राईजिङ युथ ड्राईभरटोलका अध्यक्ष अतित गुरुङ लगायतले सुभकामना मन्तब्य राख्नुभएको थियो । स्थानिय समाजसेबि स्वर्गिय किरण गुरुङमा समर्पित उक्त कार्यक्रममा शंकरनगरको डिङ्गरनगर निबासि मन बहादुर क्याप्चाकि मगरको मृगौला प्रत्यारोपणका लागि समेत सहयोग संकलन गरिएको थियो । कार्यक्रममा स्थानिय तथा राष्ट्रिय स्तरका कलाकारहरुले आ–आफ्नो कला समेत प्रश्तुत गरेका थिए ।
युवाहरुलाई संगठित बनाउदै खेलकुद र गित सगितको माध्यमबाट ब्यात्तित्ब बिकाशमाटेवा पुऱ्याउने उद्धेश्य राखेको मञ्चले केहि महिनामै फुटवल प्रतियोगिताको समेत आयोजना गर्ने मञ्ंचका संयोजक तिलक नेपालिले बताउनुभयो ।