|

सोनम ल्होछारको अबसरमा सांस्कृतक कार्यक्रम एव शुभकामना आदान प्रदान


शिशिर सिंखडा,माघ १७,पिठुवा, चितवन
सोनम ल्होछारको अबसरमा आज पुर्वी चितवनको पिठुवा ८ स्थीत डोकुन थर्वालीङ गुम्बा ब्यबस्थापन समितीको आयोजनामा ल्होछार सांस्कृितक कार्यक्रम एव शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

पिठुवा गाबिसका सचिब चन्द्रमणि आचार्य प्रमुख अतिथी रहनुभएको सो कार्यक्रममा नेपाली काग्रेसका डण्डपाणी लामिछाने, नेकपा एमालेका दिनेश घलान, एनेकपा माओबादीका रमेश लामिछाने , नेकपा माओवादीका लक्ष्मी न्यौपाने, गुम्बा ब्यबस्थापन समितीका सचिब जितबिर लामा  लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो । कार्यक्रम संयोजक अनिल लामाले स्वागत मन्तब्य ब्यक्त गर्नु भएको कार्यक्रम डोकुन थर्वालीङ गुम्बा ब्यबस्थापन समितीका अध्यक्ष बृहष्पति वाईवाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

 
ल्होछारको अबसरमा आयोजीत सास्कृतिक कार्यक्रममा लालीगुरास मनैभरी,नाचुनाचु लाग्यो मलाई,डााफे झौ नाच्न मन लाग्यो जस्ता कर्णप्रिय गितमा कलाकारहरु दिनेश श्रेष्ठ, अश्मी लामा, बिना लामा, पुर्णीमा लामा, निश्मा लामा,मनु लामा लगायतले नृत्य प्रस्तुत गरी उपस्थीत सबैलाई मनोरञ्जन दिलाउनुभएको थियो ।त्यसै गरी जुटपानी ६ कमल चोक मा रहेको ढोकुन थर्वालिङ गुम्बामा पनि  सोनम ल्होछारको अबसरमा ल्होछार सांस्कृितक कार्यक्रम सम्पन्न भएको छ ।



Posted by Butwalonline on 1:58 PM. Filed under , , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "सोनम ल्होछारको अबसरमा सांस्कृतक कार्यक्रम एव शुभकामना आदान प्रदान"

Leave a reply