|

गृह जिल्लामा मन्त्रिपरिषद् अध्यक्ष रेग्मीलाई मागको थुप्रो

मुक्तिप्रसाद न्यौपाने,भदौ २१, पाल्पा-मन्त्रिपरिषद्का अध्यक्ष खीलराज रेग्मीले गृह जिल्ला पाल्पाबाट देशमा संविधान सभाको निर्वाचनबाट देशको संविधान पाउने र अनिमात्र देशले निकास पाउने बताउनुभएको छ । मन्त्रिपरिषद् अध्यक्ष रेग्मीले शुक्रबार पाल्पा पोखराथोकस्थित आफुले अध्ययन र अध्यापन समेत गरेको बिष्णु उच्च माध्यामिक विद्यालयको आन्तरिक स्रोतबाट निर्मित भवनको उद्घाटन गर्दै देशको सम्मुन्नत विकासका लागि आफुहरु सदैव लागिरहने बताउनुभएको छ ।

पाल्पामा अध्यक्ष रेग्मी चार पुस्तादेखीको घरमा पुगेर आफ्ना नातेदारहरुसँग भलाकुसारी समेत गर्नुभएको थियो । पोखराथोेक गाविस, ज्ञानज्योती सामुदायिक इङ्गलिस स्कुल, अन्धा सबलाङ्ग समूह, कुमाल समुदायहरुले समेत अध्यक्ष रेग्मीलाई आफ्ना मागहरु राखेका थिए । रेग्मीले परिस्थिती अनुसार मागहरु सम्बोधन हुँदै जाने बताउनुभयो ।

Posted by Butwalonline on 1:15 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "गृह जिल्लामा मन्त्रिपरिषद् अध्यक्ष रेग्मीलाई मागको थुप्रो "

Leave a reply