|

रक्सी पिउने पैसाका लागि छोरालाई २० हजार रुपैयाँमा बिक्री

सप्तारी,भदौ २१ – सप्तरीको नकटी रायपुर गाविस-४ हरिरावाका एक युवकले बुबाको मुख हेर्ने दिन बिहीबार आफ्नो पाँच महिनाका छोरालाई २० हजार रुपैयाँमा बेचेका छन् । ‘हाम्रो गन्तव्य, मानव बेचबिखनको अन्त्य’ भन्ने मूल नाराका साथ देशभरि मानव बेचबिखन तथा ओसारपसार विरुद्धको सातौँ राष्ट्रिय दिवस मनाइरहेको बेला रक्सी पिउने पैसाका लागि गजेन्द्र सरदारले बिहीबार नाबालक छोरा बेचेका हुन् । प्रहरीले जनाएअनुसार स्थानीयवासीको सूचनाका आधारमा नाबालक शिशुसहित उनलाई किन्ने राजविराज-९ का ३८ वर्षका जाकिर अन्सारी र निजकी पत्नी ३० वर्षका कोरेसा खातुनलाई गएराति घरबाट गिरफ्तार गरिएको छ । अन्सारी दम्पतीको बयानका आधारमा शिशु किनबेचमा सहयोग गर्ने नकटी रायपुर-४ हरिरावाका ३० वर्षका लालमोहम्मद राइनलाई प्रहरीले गएराति ११ बजे गिरफ्तार गरेको प्रहरीनायब निरीक्षक विश्वनाथ यादवले बताउनुभयो । प्रनानि यादवका अनुसार राइनले छिमेकी सरदारले छोरा बेच्न खोजेपछि निःसन्तान रहेका अन्सारी दम्पतीकहाँ शिशु पुर्‍याइदिएको प्रहरीसमक्ष बयान दिएका छन् । हाल अन्सारी दम्पती र राइन शिशुसहित जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा रहेका छन् । शिशुले आमाको दूध खान नपाएपछि उनको स्वास्थ्य स्थिति बिगि्रँदै गएको छ । आफ्नै सन्तान बेच्ने सरदारविरुद्ध प्रहरीले मानव बेचबिखनको मुद्दा चलाउने जनाएको छ । रासस/ओनलाइन खबर

Posted by Butwalonline on 1:19 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "रक्सी पिउने पैसाका लागि छोरालाई २० हजार रुपैयाँमा बिक्री "

Leave a reply