|

एनआरएन मध्यपूर्व सम्योजकमा यूएईबाट चन्द्र रोकाहको उम्मेदवारी

उमाकान्त पाण्डे ’गाउांले’भाद्र २१, दुबइ ­ गैरआवासीय नेपाली संघ एनआरएनको आगामी कार्यकालको लागि उम्मेदवारी दिने क्रम बढेको छ । मध्यपुर्वका खाडीमुलुकमा कार्यरत नेपालीको नेत्रित्व गर्दै यूएईबाट चन्द्र बहादुर रोकाहले मध्यपुर्व सम्योजकको उम्मेदवारी घोषणा गरेका छन । रोकाह एनआरएन यूएईका वर्तमान कार्यसमितिका अध्यक्ष हुन । दुबइको याक एन्ड यती रेस्टुरेन्टमा आज शुक्रबार पत्रकार सम्मेलन गरि रोकाहले उम्मेद्वारीको घोषणा गरेका हुन् । उम्मेद्वारी दिने घोषणा गर्दै रोकाहले गैर आवासीय नेपालीहरुको समस्या समाधानको लागि योजनाबद्ध रुपमा काम गर्ने प्रतिबद्धता जनाए । वैदेशिक रोजगारीको प्रमुख गन्तव्य मध्यपूर्वी मुलुकमा रहेका नेपाली कामदारमाथि हुने उत्पीडनको घटना न्यूनीकरण आफ्नो प्राथमिकतामा पर्ने उनले बताए । वैदेशिक रोजगारको सुरक्षित कार्यचयन, सुसूचित गमन, मर्यादित आगमन र सम्मानजक पुनअस्थापनामा जोड दिदै एनआरएन एनसीसीमा रहेर काम गर्दाका अनुभबका आधारमा आफु अघि बड्ने उनले वताए । ’युरोपमा बस्ने नेपाली मात्र एनआरएन होइनन, उनीहरुको बर्चस्व धेरै भयो भनेर गरिने गुनासोलाई आफ्नो उम्मेदवारी ’जबाफ’ हो,’ उनले भने । Chandra Rokaha पत्रकार सम्मेलनमा उपस्थित बिभिन्न संघसस्थाका प्रतिनिधी तथा पत्रकारले सोधेको जिज्ञासाको जबाफ दिदैं उनले यूएई तथा समग्र मध्यपूर्वमा रहेका नेपालीको बिषयलाई अख्तियारी पाएको निकाय सगं समन्वयब गर्दै अघि बड्ने बताए । एनआरएन यूएईको नेत्रित्वमा रहेर गरेका कामको मुल्यांकन गर्दै सबै सहकर्मीहरुको सुझाब तथा सहयोग बाट उल्लेख्य काम गर्न सकिने उनको भनाइ थियो । यस अघि एनआरएन यूएईको उपाध्यक्ष हुादै वर्तमान कार्य समितिमा अध्यक्ष रहेका रोकाहको कार्यकाल आगामी शुक्रबार सकिदै छ । आगामी अक्टोबरमा नेपालमा हुने विश्व सम्मेलनले नयाा कार्य समिति गठन हुने छ । रोकाहको उम्मेदवारी खाडी मुलुक बाट पहिलो हो । यसअघि यूएईमै काम गरि हाल नेपालमा रहेका रामेश्वर शाहले एनआरएन केन्द्रिय अध्यक्षको रुपमा उम्मेदवारी सार्वजनिक गरेका छन । त्यस्तै एनआरएनको प्रमुख पदमा अष्ट्रेलियाको दाबी रहेको छ । अध्यक्ष,महासचिवपछि अष्ट्रेलियाबाट उपाध्यक्षका लागि समेत उम्मेदवारी घोषणा भएको छ । जसमा शेष घलेले अध्यक्ष र पूर्वएनआरएन अष्ट्रेलिया अध्यक्ष ध्रुव सुवेदीले केन्द्रिय महासचिवमा र एनआरएनको अन्तराष्ट्िरय कमिटीको विधान संशोधन समितिमा रहेर काम गरिसकेका भवानी ओलीले उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।

Posted by Butwalonline on 2:22 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "एनआरएन मध्यपूर्व सम्योजकमा यूएईबाट चन्द्र रोकाहको उम्मेदवारी "

Leave a reply