|

प्रवासी थारु समाज युएईले माघे संक्रान्ती तथा नयां बर्ष धुमधामसंग मनायो

लालबहादुर ढेंगा, युएई दुबई ।
नेपालीहरु वैदेशिक रोजगारीको सिलसिलामा विश्वको जुन देशमा बसोबास गरेता पनि आ–आफ्नो कला, संस्कृति र चाड पर्वलाई जर्गेना गरेको पाईन्छ । युएईस्थि रहेका नेपालीहरुले माघे संक्रान्ती पर्वलाई शुभकामना आदानप्रदान संगै विविध सांस्कृतिक कार्यक्रमका साथ मनाएका छन् । प्रवासी थारु समाज युएईको दोस्रो भेला तथा माघे संक्रान्ती पर्वको अवसर पारेर सो कार्यक्रम आयोजना गरिएको हो ।

गएको २४ जनवरी शुक्रबारका दिन दुबईको एभरेष्ट होटलमा “थारु कला संस्कृति हाम्रो पहिचान यसलाई संरक्षण र प्रवद्र्धन गर्ने हाम्रो अभियान” भन्ने मूल नाराका साथ थारु समुदायको महान चाड माघे संक्रान्ती पर्व, नयां बर्ष तथा दोस्रो भेला विधिवत रुपमा सम्पन्न गरेको छ ।

उक्त कार्यक्रमको प्रमुख अतिथिमा नेपाल आदिवासी जनजाति महासंघ युएईका अध्यक्ष डिआर गुरुङ रहनु भएको थियो भने कार्यक्रमको अध्यक्षता प्रवासी थारु समाज युएईका अध्यक्ष नेत्र थनेतले गर्नु भएको थियो । त्यसैगरी बिशेष अतिथिमा सोही समाजका सल्लाहकार घनश्याम चौधरी रहनु भएको थियो । अन्य अतिथिहरुमा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, समाजसेवी, बुद्धिजीवी र पत्रकारहरु रहेका थिए ।

सो कार्यक्रममा थारु जातिहरुको मौलिक भाषा, भेषभुसा र संस्कृतिलाई नजिकबाट देख्न र बुझ्न सकिन्थ्यो । प्रवासको ठाउंमा भएता पनि आ–आफ्नो ड्यटीको बावजुद समय दिएर गरेको योगदानलाई छिट्टै भुल्न सकिदैन । थारु दाजुभाई तथा दिदीबहिनीहरुले लगाएका थारु पहिरनले थारुहरुको संस्कृतिलाई प्रत्यक्ष रुपमा झलकाएको देखिन्थ्यो ।

थारुहरुको मौलिक भाषाको गीत र नृत्यले थारु संस्कृतिलाई सुनमा सुगन्ध थपिदिएको थियो । विभिन्न तथा विविध सांगीतिक प्रस्तुतिले दर्शकलाई निक्कै मनोरञ्जन दिएको थियो । सो अवसरमा विभिन्न क्षेत्रबाट योगदान दिने व्यक्तिहरुलाई खादा ओढाई प्रशंसापत्र दिएर सम्मान समेत गरिएको थियो ।

Posted by Butwalonline on 3:37 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "प्रवासी थारु समाज युएईले माघे संक्रान्ती तथा नयां बर्ष धुमधामसंग मनायो "

Leave a reply