|

देश गम्भिर दुर्घटनामा फस्न लागेको भन्दै राष्ट्रपति यादवद्धारा चिन्ता व्यक्त

काठमाडौं माघ १३- राष्ट्रपति डा.रामबरण यादवले दलहरुका कारण नै देश गम्भिर दुर्घटनामा फस्न लागेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ ।

लामो समयसम्म गरेको आन्दोलनबाट प्राप्त उपलब्धी रक्षा गर्न नसक्नु दलहरुको कमजोरी भएको भन्दै यादवले लोकतन्त्रको रक्षाका लागि निर्वाचन अनिवार्य रहेको बताउनुभयो । नेपाल बार एशोसिएसन र ल एसियाले गरेको र्कायशाला गोष्ठिमा राष्ट्रपति यादबले संविधान निर्माण नभई संबिधानसभा बिघटन हुनु दुर्भाग्य भएको टिप्पणी र्गनुभएको छ । प्रधानन्यायधीश खिलराज रेग्मीले स्वतन्त्र न्यायपालिकाको लागी कसैसंग सम्झौता हुन नसक्ने बताउनुभयो । एशिया प्रसान्त क्षेत्रका बार एशोशिएशनको साझा संगठन ल एशिया र नेपाल बार एशोशियशनले संयुक्त रुपमा आयोजना गरेको अन्तर्राष्ट्रिय र्कायशाला गोष्ठी भोलीसम्म चल्ने छ ।

Posted by Butwalonline on 10:18 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "देश गम्भिर दुर्घटनामा फस्न लागेको भन्दै राष्ट्रपति यादवद्धारा चिन्ता व्यक्त "

Leave a reply