|

जेष्ठमा नया निर्बाचन हुने आधार निर्माण भए माओबादी सरकार छाड्ने

काठमाडौं माघ १३- एकीकृत नेकपा माओबादीका शिर्ष नेताहरुले जेष्ठमा नया निर्बाचन हुने आधार निर्माण भए सरकार छाड्ने दावी गरेका छन् । भक्तपुर जिल्ला माहाधिबेसनको उद्घाटन गर्दै उनीहरुले जेष्ठमा निर्बाचन हुने आधार भए सरकार छाड्ने र निर्बाचन हुन नसके आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।

अधिबेशनको उद्घाटन गर्दे एकीकृत माओबादी अध्यक्ष पुष्पकमल दाहालले जेठ १५ गतेभित्र नयाा निर्बाचन हुन नसके ७५ वटै जिल्लाबाट नया क्रान्ति सुरु गर्ने बताउनुभयो । प्रमुख राजनितिक दलका नेताहरुको दिमाग ठिक नभएकाले सहमति हुन नसकेको दाहालको भनाई छ । त्यस्तै प्रधानमन्त्री समेत रहनुभएको पार्टी उपाध्यक्ष डा.बाबुराम भट्टराईले संविधानसभाको निर्वाचन नै राजनितीक गतीरोध अन्त्यको उत्तम बिकल्प भएको दाबी गर्नुभयो । उहााले तत्काल दलहरुबिच सहमति गर्दै जेष्ठ भित्रै नयाा निर्बाचनमा जानुपर्ने बताउनुभयो । पत्रकार डेकेन्ऽ थापाको हत्या मुद्दा परम्परागत हिसाबले अगाडि नबढ्ने भन्दै भट्टराईले संक्रमणकालीन न्यायको सिद्धान्त अनुसार अघि बढ्ने जिकीर गर्नुभयो । यसैबिच प्रधानमन्त्री भट्टराईलाई भक्तपुर प्रवेशमा रोक लगाउन बिहानैदेखि जुटेका प्रतिपक्षी दलका कार्यकर्ता र प्रहरीबिच भक्तपुरको सल्लाघारीमा झडप भएको छ । सम्मेलनलाई सम्बोधन गर्न प्रधानमन्त्री अर्कै बाटोबाट सभास्थलमा पुगेपछि आक्रोशित बनेको भिड सभास्थल तर्फ बढ्न थालेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । झडपमा १५ जना घाईते भएका छन, भने घाइते प्राय सबैको टाउको फुटेको छ ।

Posted by Butwalonline on 10:16 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "जेष्ठमा नया निर्बाचन हुने आधार निर्माण भए माओबादी सरकार छाड्ने "

Leave a reply