|

आजदेखि श्री स्वस्थानीको ब्रत कथा प्रारम्भ

ज्ञानु गौतम,दैलेख ,माघ १३-आज पौष शुक्ल पूर्णिमा, आजदेखि एक महिनासम्म सम्पूर्ण हिन्दू नेपालीका घर–घरमा श्री स्वस्थानीको ब्रत कथा प्रारम्भ भएको छ ।

आजदेखि माघशुक्ल पूर्णिमा सम्म श्रद्धाभक्ती पूर्वक श्रीस्वास्थानी परमेश्वरीको पूजा आराधना गरी कथा सुन्ने–सुनाउने गरिन्छ । सत्य युगमा हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाऊ भनी बालुवाको शिवलिङग बनाई श्रीस्वस्थानीको ब्रत गरेको र मनोकाङ्क्षा पूर्ण भएपछि पार्वतीकै आज्ञा अनुसार लोक कल्याणका लागि पृथ्वीलोकमा पनि श्रीस्वास्थानीको ब्रत प्रारम्भ गरिएको धार्मिक विश्वास छ । यस पर्वमा विशेष गरी महिलाहरुले महिना दिनसम्म हरेक दिन बिहान सबेरै स्नान गरेर नित्य मध्यान्ह कालमा महादेवको पूजा आराधना गर्ने गर्दछन । श्री स्वास्थानी परमेश्वरीको ब्रत बस्नाले यस लोकमा सुख, समृद्धी प्राप्त भई मृत्युपछि कैलाशमा वास हुने विश्वास गरिन्छ ।

Posted by Butwalonline on 10:07 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "आजदेखि श्री स्वस्थानीको ब्रत कथा प्रारम्भ "

Leave a reply