|

दैलेखका पत्रकारहरुको सुरक्षाको ग्यारेण्टी एमाओवादी लिने

ज्ञानु गौतम,दैलेख ,माघ १३-दैलेख घटनाको स्थलगत अनुगमनपछि फकिर्एको अधिकारकर्मीहरुको टोलीले  दैलेखबाट विस्थापित भई सुर्खेतमा रहेका पत्रकारहरु दैलेखमा बस्न सक्ने अवस्था नभएको र उनीहरु जोखिममा रहेको प्रतिवेदन सार्वजनिक गरेको छ । इन्सेक, एडभोकेसी फोरम र नेपाल बार एशोसियसन  संक्रमणकालिन न्याय समितिले आज नेपालगन्जमा पत्रकार सम्मेलन गर्दै  सार्वजनिक गरेको स्थलगत  अनुगमन प्रतिवेदनमा  पत्रकार डेकेन्द्रराज थापाकोब हत्यामा संलग्न आरोपीलाई पक्राउ गरेपछि अनुसन्धान प्रकृयामा प्रभावित पार्न सुरुदेखि नै पत्रकारलाई विभिन्न धम्की र दवाव दिएको पाइएको जनाएको छ ।

 एकीकृत नेकपा माओवादीका तर्फबाट सस्थागतरुपमा पत्रकारलाई धम्की नदिइए पनि कार्यकर्ताबाट पत्रकार असुरक्षित भएको टोलीले जनाएको छ । स्थानीय  प्रत्यक्षदर्शीको भनाई उध्धृत गर्दै टोलीले सुर्खेतस्थित स्थानीय शान्ति समितिका सचिवालय सदस्य एवम एकिकृत नेकपा माओवादीका सुर्खेत नगर इन्चार्ज  प्रताप पौडेलले सार्वजनिक स्थानमा पत्रकारहरुलाई डेकेन्द्र थापाको जस्तै हालत बनाइदिने धम्की दिएको जनाएको छ । प्रधानमन्त्रीको तहबाट र डिआइजीबाट गोली चलाउन र कफर्यु लगाउन  भनिए पनि  प्रमूख जिल्ला अधिकारीले ठुलो धनजनको क्षति हुन नदिनका लागि गोली चलाउने आदेश नदिएको  बुझिन आएको पनि प्रतिवेदन सार्वजनिक गरेको छ ।पत्रकार डेकेन्द्रराज थापाको हत्या अनुसन्धानलाई रोक्न असफल भएपछि सरकारले प्रहरी र प्रजिअलाई फिर्ता गरि नयाँ टोली पठाइ चालु अनुसन्धान प्रकृयालाई प्रभावित पार्न खोजेको दावी गरिएको छ ।दैलेखमा हाल सन्त्रास, तनाव र बढ्दो राजनीतिक मनमुटावलाई मत्थर गर्न राजनीतिक दलवीच सम्वाद र सहकार्य आवश्यक भएको टोलीका सदस्य इन्सेकका क्षेत्रीय संयोजक भोला महतले जानकारी दिनुभयो

दैलेखबाट बिस्थापित भएर सुर्खेतमा पुगेका दैलेखका पत्रकारहरुसंग सरकारले खटाएको बार्ता टोलीले छलफल गरेको छ । सुरक्षाको माग गर्दै क्षेत्रीय प्रशासन कार्यालय सुर्खेतमा धर्ना दिएका पत्रकारहरुसंग टोलीले छलफल गरी उनीहरुका समस्या काठमाण्डौ पुगेपछि समाधान गर्न प्रयास गर्ने बताएका छन । गृहमन्त्रालायका सहचिव लक्ष्मीप्रसाद ढकालको नेतृत्वमा आएको छानबिन समितिले उनीहरुलाई यस्तो आश्वासन दिएको बताइएको छ । माओवादीद्वारा हत्या गरिएका पत्रकार डेकेन्द्रराज थापाको हत्याका बिषयमा आवश्यक अनुसन्धान गरी कार्वाहीको माग गरेका पत्रकारहरु आाफै बिस्थापित भएर जिल्ला छोडेका थिए । माओवादी कार्यकर्ताहरुले अरु दश जना पत्रकारहरुको हालत पनि डेकेन्द्रराज थापाको जस्तो बनाईदिने धम्की दिएपछि पत्रकारहरु बिस्थापित भएका हुन् । पत्रकारहरु बिस्थापित भएपछि दैलेखमा सञ्चालित दुईवटा एफएम रेडियो र तीन वटा पत्रिका बन्द भएका छन् ।

यसैबिच एकीकृत नेकपा माओवादीले दैलेखका पत्रकारहरुको सुरक्षाको ग्यारेण्टी लिने बताएको छ । एकीकृत माओवादीका प्रवतmा अग्नीप्रसाद सापकोटाले विस्थापित पत्रकारलाई निर्धक्कसंग दैलेख फर्किन आग्रह गर्नुभयो । नियमीत साप्ताहीक पत्रकार भेटघाट कार्यक्रम अन्तरगत आज पार्टी केन्द्रीय कार्यालय पेरिसडााडामा संचारकर्मीहरुसाग कुरागर्दे उहााले पत्रकारहरु राजनीतिक आडमा भन्दा स्वतन्त्र रुपमा आन्दोलन गर्दा उपयुतm हुने बताउनुभयो । थोरै सङख्यामा रहेका बिपक्षी दलका नेता तथा कार्यकर्ताहरुले एकीकृत माओवादीको जिल्ला अधिवेसन बिथोल्न खोज्दा ठाउा ठाउामा तनाव उत्पन्न हुने गरेको उहााले बताउनुभयो ।

Posted by Butwalonline on 10:03 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "दैलेखका पत्रकारहरुको सुरक्षाको ग्यारेण्टी एमाओवादी लिने "

Leave a reply