आफ्नै जेठानले ज्वाईंको हत्या गरे
पाँचथर, माघ १३- पाँचथरमा एक पछि अर्को हत्याका घटना बढ्न थालेका छन्। मेमेङमा भाइले दाजुको हत्या गरेको भोलीपल्टै लुङरुपामा आफ्नै जेठानले ज्वाईंको हत्या गरेका छन्। लुङरुपा २ का नरेश थुलुङ राईलाई जेठान सजिन्द्र नेम्वाङले खुकरी प्रहर गरी हत्या गरेका हुन्।
स्थानीय एक घरमा विवाहभोजमा सहभागी भएर फर्कंदै गर्दा नेम्वाङले खुकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक याम पौडेलले जानकारी दिए। हत्या गरेपछि नेम्बाङ फरार रहेको प्रहरीले जनाएको छ।
यता जिल्लाको नवमीडाँडा गाविसमा गोली प्रहारवाट एक व्याक्ति घाईते भएका छन्।
सामान्य विवादमा १४ बर्षिय रुद्र चेम्जोङले गोली प्रहार गर्दा स्थानिय १२ वर्षिय अनिल आङदेम्बे घाईते भएका हुन्। सामान्य विवाद हुदा भरुवा वन्दुवाट गोली हानाहान भएको भएको प्रहरीले जनाएको छ। घाइतेको जिल्ला अस्पताल पाँचथरमाउपचार भईरहेको छ। प्रहरीले भरुवा बन्दुक सहितआङदेम्बेलाई पक्राउ गरेको भएपनि गोली प्रहार गर्ने भने फरार रहेको प्रहरी निरिक्षक पौडेलले बताए।स्रोत :नागरिक न्यूज