इजिप्टको अदालतले गत वर्ष भएको दुर्घटनामा दोषी ठहर गर्दै २१ जनालाई मृत्युदण्डको फैसला
एजेन्सी ,फुटवल मैदानमा भएको हुलदंगामा दोषी ठहर गर्दै इजिप्टको एक अदालतले २१ जनालाई मृत्युदण्डको सजाया सुनाएको छ ।
सन् २०१२ को फेब्रुअरीमा फुटबल मैदानमा दंगा गरेको र विपक्षी समर्थकमाथि आक्रमण गरेको अभियोगमा दोषी पाईएपछि उनीहरुलाई मृत्युदण्डको सजाया सुनाएको हो ।
इजिप्टको पोर्ट सेयद टेडियममा स्थानीय अल माश्री क्लव र कायरोको अल आहली क्लवबीच लिग खेल भैरहेका बेला भएको हुलदंगामा ७४ जनाको ज्यान गएको थियो । अल माश्री क्लवका समर्थकहरुले विपक्षी समर्थकलाई ढुंगामुढा गर्नुका साथै अल आहली क्लवका खेलाडीलाई लखेट्न मैदानमै प्रवेश गरेका थिए । अदालतका न्यायाधिसले अरु ५२ जना आरोपी माथिको फैसला भने मार्च ९ तारिखमा सुनाउने बताएका छन् ।
Posted by Butwalonline
on 10:21 PM. Filed under
World News
.
You can follow any responses to this entry through the RSS 2.0.
Feel free to leave a response