|

नेकपा माओबादीको बन्दले रुपन्देही,कपिलबस्तु र नवलपरासी को जनजीवन प्रभावित

बुटवल र भैरहवामा ६ जना माओबादी कार्यकर्ता पक्राउ,बुटवलमा एक गाडीमा तोडफोड,

बिनोद परियार,बुटवल,पुस २०-आफ्ना अवध राज्य समिति सदस्य शैलेन्द्रनाथ तिवारीको मृत्युको विरोधमा नेकपा माओवादीले आवहान गरेको लुम्बिनीका तिन जिल्ला बन्दका कारण यस क्षेत्रको जनजिवन प्रभावित भएको छ । प्रहरी हिरासतमा शंकास्पद मृत्युको विरोधमा नेकपा माओवादी अबध मधेश राज्य समितिले तराईका तीन जिल्ला बन्दको आह्वान गरेको हो ।

आज विहान ६ बजे देखि बेलुकी ४ बजेसम्म नवलपरासी, रुपन्देही, कपिलवस्तु बन्द गरिएको छ । बन्दका कारण विहानैबाट जनजिवन प्रभावित भएको छ । सडकमा सवारीका साधनहरु गुडेकाछैनन् भने वजार पनि खुलेका छैनन् । बन्दले यातायात, कलकारखाना र शिक्षणसंस्थासमेत प्रभावित भएको छ ।  तिवारीको बुधवार प्रहरीले सोधपुछका लागि प्रहरी चौकीमा लगेको समयमा साझ मृत्यू भएको हो । रुपन्देहीको फरेना गाविस–२ का ३५ वर्षीय तिवारीको उच्च रक्तचापका कारण मृत्यु भएको रुपन्देही प्रहरीले दावी गरेको छ । माओवादीले उनलाई पक्राउ गरि याताना दिएका कारणमृत्यु भएको भन्दै प्रहरी इञ्चार्जलाई कार्यवाही, मृतकलाई सहिद घोषणा तथा उचित क्षतीपुर्तीको माग गरेको छ ।

यसैबीच बन्द गराउन हिडेको नेकपा माओवादीको दुई जना कार्यकर्ता आज विहान बुटवलबाट पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय बुटवलका डिएसपि राजकुमार बैदवारका अनुसार गाडीको सिसा फुटाएको अवस्थामा पक्राउ गरिएको हो । बन्दकर्ताले बुटवलमा लु१ख७५३१ नम्बरको गाडीको सिसा फुटाएको प्रहरीले जनाएको छ ।   शान्तिपूर्ण बन्द गराउन हिडेको क्रममा पक्राउ परेका दुई जनालाई तत्काल छोड्नु पर्ने नेकपा माओवादीको अवध मधेष राज्य इन्चार्ज चन्द्रहरि सुवेदीले बताउनुभयो । उहाका अनुसार बुटवल चोकबाट जनस्वयम् सेवकका रुपन्देही जिल्ला अध्यक्ष नविन रोका मगर र अखिल क्रान्तिकारी रुपन्देहीर्  जिल्ला उपाध्यक्ष मनकुमार कनौजे मगर पक्राउ परेका हुन् ।

त्यसैगरी भैरहवाबाट प्रहरीले नेकपा माओवादी अवध राज्य समिति सदस्य नविना थारु, थारु राष्ट्रिय मुक्ति मोर्चा रुपन्देही जिल्ला सदस्य श्याम बिहारी, भैरहवा नगर सदस्य शंकर ज्ञवाली र नजामलाई पक्राउ गरेको छ ।

Posted by Butwalonline on 9:11 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "नेकपा माओबादीको बन्दले रुपन्देही,कपिलबस्तु र नवलपरासी को जनजीवन प्रभावित"

Leave a reply