|

भारतमा सामुहिक बलात्कारको मुद्दामा सुनुवाई सुरु

दिल्ली,पुस २० -भारतमा सामुहिक बलात्कारको मुद्दामा सुनुवाई सुरु भएको छ । दिल्लीमा गुडिरहेको बसमा युवतीको बलात्कार गरेको आरोपमा पक्राउ परेकामाथि हत्या, हत्या प्रयास, अपहरण, सामुहिक बलात्कार, दुश्कर्म, डकैती, डकैतीका क्रममा आक्रमण गरी घाइते बनाएको, प्रमाण नष्ट गर्ने प्रयास गरेको र गलत आशयको अलग अलग आरोपमा मुद्दा दायर गरिनेछ ।

फास्ट ट्रयाक कोटमा हरेक दिन यी मुद्दामा सुनुवाई हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । डिसेम्बर १६ तारिखमा दिल्लीमा गुडिरहेको बसमा २३ वषिर्य युवतीको बलात्कार र कुटपीट गरेको घटनामा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । एकजना नाबालक रहेकाले वालसुधार गृहमा र अरु पाँच जनालाई दिल्लीको तिहाड जेलमा राखिएको छ । आरोप प्रमाणित भए उनीहरुलाई फाँसीको सजायँ सुनाईने छ ।

Posted by Butwalonline on 9:17 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "भारतमा सामुहिक बलात्कारको मुद्दामा सुनुवाई सुरु "

Leave a reply