क्षत्री समाज नेपाल रुपन्देहीद्धारा आजबाट बुटवलमा महाज्ञ शुरु
बिनोद परियार,पुस २० - जातिय सद्भाब कायम गर्ने तथा बहुउदेश्यि भवन निमार्ण सहयोगार्थ क्षत्री समाज नेपाल रुपन्देहीले आजबाट बुटवलमा महाज्ञहुने भएको छ । महायज्ञको आज विहान १० बजे उद्घाटन गर्ने कार्यक्रम रहेपनि नेकपा माओबादीको बन्दले शुरु हुननसकेको समाजका रुपन्देही अध्यक्ष लेख बहादुर कार्कीले बताउनुभयो ।पुस २८ गतेसम्म बुटवलको बुटवल मण्डपमा हुने महायज्ञको समाजसेवी बयोबृद्ध जय बहादुर भण्डारीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । महायज्ञका लागि प्रमुख कथावाचन प्रविण पण्डित दिनबन्धु पोखरेलसहितको टोली पनि बुटवल आई सकेको छ । महायज्ञका लागि आएका सहभागिहलाई ठाउ ठाउमा बन्दकर्ताले रोकेकाले समस्या भएको बताईएको छ । महायज्ञस्थल बुटवल मण्डपबाट शुरु कलशयात्राले बुटवलबजार परिक्रमा गरेपछि पुन बुटवल मण्डपमै पुगेर उद्घाटन गरि कार्यक्रम रहेको छ ।
