|

आज ५ औं राष्ट्रिय खाद्य स्वच्छता दिवस मनाउँदै

काठमाडौँ, पुस २०-खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागले आज ५ औं राष्ट्रिय खाद्य स्वच्छता दिवस मनाउँदैछ । खाद्यमा स्वच्छता सबैको सहभागिता’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरिने विभागले जनाएको छ । दिवसको अवसरमा विभागको केन्द्रीय कार्यालय काठमाडौको बबरमहलबाट प्रभातफेरि निकालिएको छ ।

बजारमा अहिले खानेकुराको गुणस्तरमा समस्या बढ्दै गएकाले यसबारे सचेतना जगाउन प्रचारप्रसारमुलक कार्यक्रम आयोजना गरिएको विभागले जनाएको छ । यसैबीच दिवसको अवसर पारेर विभागले आजदेखि मोवाइल फुड टेस्टिङ भ्यान अर्थात मोबाइल खाद्य प्रयोगशाला सञ्चालनमा ल्याउदै छ । यसको सहायताले अनुगमनका क्रममा तत्काल खाद्य जाँच गर्न सकिन्छ ।

Posted by Butwalonline on 9:38 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "आज ५ औं राष्ट्रिय खाद्य स्वच्छता दिवस मनाउँदै"

Leave a reply