बालिकाको यौन शोषण गर्ने वृद्धले पाँच कट्ठा जग्गा जरिवाना तिरे
मोरङ, साउन १९- घरमा टिभी हेर्न आएकी दलित बालिकालाई यौन शोषण गर्ने गरेको पोल खुलेपछि एक वृद्धलाई गाउँलेले क्षतिपूर्ति स्वरुप पाँच कट्ठा जग्गा जरिवाना तिराएका छन्। मोरङको बेलवारी-३ कर्मडाँडा बस्ने ५७ वर्षीय चन्द्रबहादुर भेटवालले छिमेकी एक १३ वर्षीया बालिकालाई बेलुका टिभी हेर्न आएको मौका पारी यौन शोषण गर्ने गरेका थिए। कुरा गाउँलेले थाहा पाएपछि समाज राखेर बालिकालाई क्षतिपूर्ति स्वरुप पाँच कट्ठा जग्गा पास गर्न लगाएर जरिवाना तिराइएको हो।
गाउँमा समाज बसी बालिकाको भविष्यका लागि उनी बालिग नभएसम्म कसैले पनि बेचबिखन गर्न नपाउने गरी कागज गराएर पाँच कट्ठा जग्गा यसै हप्ता पास गर्न लगाइएको स्थानीय एक गाउँलेले जानकारी दिए।
जघन्य अपराधका घटनामा मिलापत्र गराउने नहुने भए पनि कानुनी कारबाहीमा पीडित बालिकाले न्याय पाउने विश्वास कम भएको भन्दै गाउँमै पीडकलाई जरिवाना तिराइएको गाउँलेको भनाइ छ।
इलाका प्रहरी कार्यालय बेलवारीले भने घटनाबारे कुनै जानकारी नआएको जनायो।
साभार:कान्तिपुर/रासस