प्रौढ महिलाहरु विद्यालय जान थाले
कृष्ण आचार्य,दैलेख साउन १९ गते । दैलेखको बराहा गाविसका प्रौढ महिलाहरु आजभोली विद्यालय जान थालेका छन् ।वराह गा.वि.वार्ड नं ८ नमुना जागरुप सिमान्तकृत महिला समुहका महिलाहरु नजिकैको भैरव प्राथामिक विद्यालयमा यसै बर्षदेखी कक्षा ५ मा भर्ना भएका हुन् । पौढ शिक्षा पनि पढ्ने अवसर नपाएका यहााका महिलाहरुले आफ्नो वार्डमा संचालन भएको सामुदायीक छलफल कक्षामा जाने अवसर पाएपछि सोहि छलफल कक्षावाट (क) को अक्षर सुरु गरेका छन् । अशिक्षाका कारण आफुहरुले धेरै सन्तान जन्माएको, उचित स्याहार सुसार गर्न नसकेको, र घरव्यवहार संचालन गर्न पनि कठिनाई भएको भन्दै अहिले वरपरका अन्य महिलाहरुले समेत आफ्नो देखासिकी गरेको हाल बिध्यालय जादै गरेकि स्थानिय विमला शाहीले बताउनुभयो ।