रुदैछिन् आमा
रुदैछिन् आमा पिडीमा बसी टुकीको साथमा !
सुख र खुशी चाहन्छिन् उनि दिन र रातमा !!
पस्दैछन् सन्तान मुग्लान पारी तिनै हुन साहरा !
दर्द र पिडा अँगाली सारा खोज्दैछन् ति चारा !!
मनग्य थियो तै आफ्नो देशमा बिकाश हरायो !
होडबाजी चल्यो कुर्चीको खेलमा तुवालो भरायो !!
हाँसो र खुशी खोसियो सारा गास,बास,कपास !
अभाबै अभाब देशमा खड्क्यो उठेन आवाज !!
को पुछ्ने आज बगेको आँशु नेपाल आमाको ?
बल्दैन किन?ठोसेको आगो करोडौ जनाको !!
कुर्दैछन् अझै यी दु;खी जनताआँखामा आँशु लि !
देशका दुर्जन मासौँन आजै यो ऋण असुली !!
जनताको आशा देशको शान मिलायौ स्वार्थमा !
आखिर तिम्रै हो जन्मभुमि लड्दैछौ व्यर्थमा !!
सालको पात हल्लिन त्यसै हावा नै नलागी !
बिश्वको सामु अस्तित्व झुकाई बन्दैछौ अभागी !!
लागेको बादल नहटे सम्म देखिन्न आकाश !
तेजको होईन मनिलो बन्छ सुर्यको प्रकाश !!
फुलेको फूल त्यो मालि बिना छर्दैन सुबास !
भाबना सुद्ध नभए सम्म बढ्दैन साहस !!
मुटुमा पर्छ कसिलो गाँठो फुकाउँने कसरी ?
सम्झिदा आफ्ना बिरह चली मन रुन्छ बेसरी !!
कोपिलाभित्रै ओईलाउँने होकी बोकेका यी आशा !
यी टेक्ने पाईला पौरखी हात बन्दैछन् निराश !!
देशमा आयो धेरै नै तन्त्र लोकतन्त्र केलाई हो ?
जनताको खुशी खोसिने होकी किन यो खेल भो ?
अत्याचार बढ्यो एक भई अब जागन नेपाली !प्यारो छ आफै देशको माटो राखौ न सम्हाली !!
लेखिका ; सुमित्रा पौडेल भरतपुर चितवन
हाल ; इजरायल २०११ /१ /३
