|

जगजीत बनेर आऊ

उदास मन हुँदा तिमी,सम्राट जगजीत बनेर आऊ
मिठो गीतगजल अनि ,मधुर संगीत बनेर आऊ

दया,माया,ममता अनि ,सद्भाव सबै हराएको देशमा
युगौ युग बाँचिरहने, न्यानो प्रीत बनेर आऊ


चारैतिर अन्धकार अनि , खंग्रिएको मन सिंच्न
बिहानीको उषा संगै ,शितल शीत बनेर आऊ

बिश्वाश छैन भर छैन, जहातहीं डर हुँदा
सधै भरि साथ् दिने,बलियो मीत बनेर आऊ

सही-सही,गलत-गलत भन्ने यहाँ को छ र?
सधै भरि सत्यसाँचो ,बोल्ने रीत बनेर आऊ

बिष्णु कुमार गिरी
गुल्मी,हाल जापान

Posted by Anonymous on 4:07 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "जगजीत बनेर आऊ"

Leave a reply