सराय नाच्दै दसैंलाई विदाई

लुम्बिनी अंचलका पाल्पा,गुल्मि,अर्घाखाचीका ग्रामिणभेगहरुमा कोजाग्रत पूर्णिमाको दिन सराय खेलेर र नाचेर दसैंलाई बिदा गर्ने चलन छ ।
सराय खुूडा, खुकुरी, भाला, तरबार, ढालजस्ता घरेलु हतियारहर प्रयोग गरेर नाचिने रमाइलो र डरलाग्दो खेल र नाचको रुपमा लिईन्छ । पहाडि जिल्लाहरुमा सरायलाई उत्सवकै रुपमा मनाउने प्रचलन रहेपनि तराईका जिल्लाहरुमा भने यस्ता नाच अनौठो मानिन्छ ।
पहाडि बासिन्दाहरुको बसोबास रहेको बुटवलमा नवदुर्गा पुजा ब्यवस्थापन समिति देविनगरले सराय नाच प्रदर्शन गरेको हो ।
गुल्मि,अर्घाखाची,बाग्लुङ,पाल्पा सहित बुटवलका स्थानियहरुको समेत सहभागितामा बुटवलमा तरवार ठोक्काउदै सराय नाच प्रर्दशन गरिएको हो ।

होराईजन चोक हुदै बाणिज्य क्याम्पसको अगाडि रहेको देविको मन्दिरमा सराय नाच प्रदर्शन गरिएको थियो । सरायमा चान्दै हिडेको दृश्यलाई बुटवलबासिले खुब चाखका साथमा हेरेका थिए ।
फरक–फरक स्थानमा सप्तमीदेखि कोजाग्रत पूणिर्मासम्म सराय खेल्ने, नाच्ने गरिन्छ । सबै दिनमा सराय नाचको आफ्नै विषेशता र महत्व छ । लुम्बिनीका पाल्पा,अर्घाखाची,गुल्मि सहित बाग्लुङ स्याङजा,प्यूठान लगायतका ठाउहरुमा फूलपाती दसैंघरमा लगी विर्सजन गर्न सराय सुरु गरिने विज्ञहरुको भनाई छ ।
अष्टमी, नवमी र दशमीको दिन तरवार ठोक्काउने, बली दिइएका पशुको टाउको नचाउने, रमाइलो गर्दै सराय खेल्ने र नाच्ने चलन छ । यसैविच पहाडि जिल्लाहरुमा कोट, देवीका मठ, मन्दरहरमा देवीको पूजाआजा र भजन–कीर्तनसँगै सराय खलेर कोजाग्रत पूर्णिमादेखि दसैंको विदाई गरिएको छ । तरबार, खुूडा, भाला, ठोक्काएर नचायो भने देवीलाई खुसी पार्न सकिन्छ भन्ने जनविश्वास छ ।
सरायलाई विजयपछिको हर्ष बढाइँको खेलका रपमा समेत लिइन्छ । राक्षसमाथि विजय हासिल गरेपछि सत्यका पुजारीहरले लडाईको सम्झना गर्दै लडाईमा प्रयोग भएका हतियारको प्रदर्शन एवं हर्ष बढाइँ गरिएको हो । घटस्थापनादेखि पूजाआजा गरिएको देवीको मन्दिरको फूलपाती टीका, अक्षता, डोलामा राखेर सराय नाच्दै, खेल्दै नजिकैको पोखरीमा लगेर सेलाउने चलन छ । यसरी सेलाएपछि दसैंलाई समेत बिदा गरी एक वर्षका लागि हतियारलाई पुन: देवीको मन्दिरमा राखिन्छ ।
