|

छतमा यात्रु चढाउने ४२ बस कारबाहीमा

नवलपरासी, आश्विन २४ - जोखिम मोलेर बसको छतमा यात्रु राखेर राजमार्गमा हिंडेका ४२ वटा बसको कागजात प्रहरीले नियन्त्रणमा लिइ कारबाही थालेको छ ।

महेन्द्र राजमार्ग अन्तरर्गत नवलपरासीका बिभिन्न स्थानमा मंगलबार चेकजाँचमा रहेको ट्राफिक प्रहरीले नियम बिपरित बसको छतमा राखेर हिँडाएका ती बसका चालकको लाइसेन्स र गाडिको बिलबुक नियन्त्रणमा लिएको छ । उसले ति सबै कागजात यातायात ब्यवस्था कार्यालय बुटवल पठाएको छ ।

छतमा यात्रु नचढाउन अनुरोध गर्दा अटेर गरेर नियम बीपरित गरेका गाडिलाई ट्राफिकले धमाधम कारबाही थालेको हो । राजमार्गमा ट्राफिकले बढिमा २ सय रुपैयाँमात्र जरिवाना काटन सक्ने नियम छ । २ सय मात्र जरिवाना लिंदा फेरी यात्रु चढाउने र जोखिम नघटेकाले थप जरिवाना र सजायका लागि यातायात कार्यालय पठाइएको हो ।

यातायात कार्यालयले एक पटकमा २ हजार सम्म जरिवाना तिराउने र थप कारबाही समेत गर्न सक्ने भएकाले यातायातमा पठाएको जिल्ला ट्राफिक कार्यालय नवलपरासीले जनाएको छ ।

महेन्द्रराजमार्गको १ सय किलोमिटर खण्ड पर्ने नवलपरासीमा ट्राफिकले २४ सै घण्टा चेकजाँचमा कडाई गरेको छ । उसले सवारी चालक अनुमति पत्र र बिलबुक साथमा नलिइ हिडने सबै गाडि र मोटरसाइकलमा कडाई गरेको छ ।

Posted by Butwalonline on 1:35 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "छतमा यात्रु चढाउने ४२ बस कारबाहीमा"

Leave a reply