|

आगमन

                                
              30610_1319859312375_1107556523_30738638_2528957_n                    
मेरो आगमनलाई पर्खदै
तिमीलाई  फूल बनि
फक्रिएर सुभाष छरिरहेछु
लत्रिएका डालीहरुमा
रस भरी तिमीलाई नै
अमृत पिलाइरहेछु
मेरो आगमनलाई ..........
तिम्रा दुखाईलाई आफ्नै पिडा मानि
हर दर्दहरुमा
महलम लगाई
शितल छरिरहेछु
तिम्रो खुशीयालीमा
मौनता बनेर
सागरमा पौडदै
मेरै पर्खालहरु
आफै म फोडिरहेछु 
मेरो आगमनलाई ...........
अदम्य साहसलाई
यथास्थितिमा राख्दै
घोचिरहने तिमीसंगका काँडाहरु
मेरा हृदयका दर्द बने पनि
आफैसंग ति जोडिरहेछु
पर्पराउने तिम्रा स्वादहरू
तृप्तिको आभाष मान्दै
तिनै चाँदनी रातहरु
म कुरिरहेछु
मेरो आगमनलाई पर्खदै !!
घेरा बन्दीबाट उम्कन नसके पनि
देखिएका प्वालहरुमा
आफ्नै हरियाली सुन्दरतको 
चित्र अगाडी कोरिरहेछु
बढिरहेका धड्कनहरु
तिम्रै मुस्कानमा मिलाउँदै
मलिन ति नयनलाई
ज्योति बनिरहेछु
मेरो आगमनलाई ..........
तै पनि ,
किन ?उम्रदै छन् अझै  ति काँडाहरु
टेक्नु छ अभ्रख बनि
तर छेक्दैन कही कसै
उही परेलीको डिलमा
सागर बनाईरहेछ
आखिर ,म पनि त उही नै हुँ
बोक्ने सबै दर्द पिडाहरु
चाहने हर्ष र खुशीयालीहरु
अनि तिमी जस्तै रमाउँने
तिनै सुगन्धित फूलबारीमा
जुनकिरीको ज्योति बनि
छर्ने सहर्ष चाँदका किरणहरु
मेरो आगमनलाई म त्यही पर्खिरहेछु !!
तर ,
नघोचीदेऊ मुटुमा
आज तिमीलाई म
संसारै मेरो मानिरहेछु
धिप धिप बलिरहेको दियोलाई
मेरै ज्योति म ठानिरहेछु
तिम्रा उपहारका मेरा दर्दहरुलाई
पानी सरी म पिरहेछु
मेरो आगमनलाई पर्खदै
फूल बनि फक्रिएर
तिमीलाई सुभाषहरु छरिरहेछु !!!!!
लेखिका ;सुमित्रा पौडेल भरतपुर चितवन
हाल  ;  इजरायल २०१०/११/१६ 

Posted by Anonymous on 1:07 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "आगमन"

Leave a reply