|

सयपत्री मखमली

सयपत्री मखमली आगनी मा फुलेहोलान्,
वेशी तिर पंहेलीदै मास्री धान झुलेहोलान्।

प्रदेश वाट फर्किएका हर्के रामे स्यामे पनि,
हाम्रै घरको अघि वाट दिंउसी गाउदै डुलेहोलान्।


रामे प्रवास हुंदा खेरी पोहोर दिदी रोकी थिईन्,
यस पाली त भाई आको उन्का दिन खुलेहोलान्।

प्रवासीको जिवन् यस्तै चाडपर्व मा रुनु पर्छ,
खोरखोरे र पासा खेल मा सवै पाका ठुलेहोलान्।

यो मन पनि रुने गर्छ विगदको तिहार संझी,
डांडा माथी लिंगे पिङ मा सवै जना भुलेहोलान्।

२०६८/०७/०४
अशोक गौतम क्षितिज

Posted by Anonymous on 1:08 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "सयपत्री मखमली"

Leave a reply

ताजा अपडेट

तपाईंका प्रतिक्रियाहरु