|

बुटवलका दुध डेरीमा अनुगमन

बुटवल,४कात्तिक । जिल्ला बजार अनुगमन समितिले शुक्रबार बुटवल क्षेत्रका डेरी उद्योगहरुको अनुगमन गरेको छ । समितिल लुम्बिनी दुग्ध वितरण केन्द्र औद्योगिक क्षेत्र बुटवल सहित ७ वटा डेरी उद्योगको स्थलगत अनुगमन गरेको हो । अनुगमनका क्रममा ट्राफिक चोकको पवित्रा डेरी उद्योगमा दुध नफाट्ने साल्टा र न्यूट्रोलाईजर नामक केमिकलको प्रयोग गरेको पाईएको क्षेत्रिय खाद्य गुण नियन्त्रण कार्यालयका प्रमुख श्रवण कुमार ढुङगानाले बताए ।

उनका अनुसार सोही उद्योगमा दुध संकलन केन्द्रमै केमिकल र पानी मिसाएको पाईएकाले टेस्ट गरेर मात्र दुध बजारमा पठाउन निर्देशन दिईएको छ । यस्तै औद्योगिक क्षेत्रमा रहेको लुम्बिनी दुग्ध वितरण केन्द्रले काण्ठमाडौंका लागि दिईएको क्वालिटी सर्टिफिकेटको आधारमा बुटवलमा पनि त्यहि प्रयोग गरेको पाईएको छ ।

टोलीले पाण्डप डेरी उद्योग हाटबजार लाईन,पर्वत डेरी उद्योग मैत्रीपथ,सिद्धार्थ डरी उद्योग श्रवणपथ,सिद्धार्थ डेरी उद्योग मैत्रीपथ,शितल डेरी उद्योग देविनगर र लुम्बिनी डेरी मिल्क उद्योग शंकरनगर ८ डिङगरनगरमा अनुगमन गरेको हो । अधिकांश डेरीहरु सफा र मापदण्ड अनुरुपकै रहेको बताउदै केहि उद्योगहरुमा देखिएको अनिमितता रोक्न निर्देशन दिईएको बाणिज्य विभाग भैरहवाका प्रमुख बाबुराम पल्लीले बताए ।

क्षेत्रिय खाद्य गुण नियन्त्रण कार्यालय,बाणिज्य विभाग,नापतौल,नगरपालिका लगायतका विभिन्न सरोकारवाला निकायहरुको सहभागिता थियो । यसअघि अनुगम समितिले विहिबार रुपन्देहीको कम्मरीय गाविस ६ सेमरीमा रहेको हिमालयन हाइजेनिक स्याक्स एण्ड नुडल्स मायोज चाउचाउ अखाद्य पदार्थ भटिएकाले उत्पादनमा रोक लगाएको थियो । 






Posted by Butwalonline on 7:56 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "बुटवलका दुध डेरीमा अनुगमन"

Leave a reply