|

लुम्बिनी भ्रमण वर्ष घोषणाले चासो बढायो

अपेक्षा अगावै घोषणा भएकाले तयारीमा समस्या

बुटवल ४ कात्तिक । शान्तिका अग्रदुत भगवान गौतम बुद्धको जन्मथलो ‘लुम्बिनीमा भ्रमण बर्ष’को चाजोपाजो मिलाउने काम शुरु भएको छ ।

सरकारले सन् २०१२ लाई ‘लुम्बिनी भ्रमण बर्ष’ घोषणा गरेसंगै लुम्बिनी भ्रमण बर्षको आत्तुरी शुरु भएको हो । सरकारले असोज ३० गते लुम्बिनीलाई भ्रमण बर्ष घोषणा गरेको थियो । लुम्बिनीको विकास र पर्यटन प्रबद्र्धन गर्ने उदेश्य अनुरुप भ्रमण बर्ष घोषणाका लागि लुम्बिनी विकास कोषले माग गरे बमोजिम अपेक्षित समय अगावै भ्रमण बर्ष घोषणा भएपछि सम्बद्ध सरोकारवाला निकायहरु हतारिएका छन् ।

लुम्बिनी विकास कोषले पर्यटकहरुलाई कसरी हुन्छ बढि आकर्षित गर्न भएका संरचनाहरुको मर्मत सम्मार र उद्घाटन समारोहका तयारीमा जुटेको छ । सन् २०१२ शुरु हुन साढे दुई महिनामात्रै बाँकी रहेकाले भ्रमण बर्षको तयारीमा निकै खट्नुपर्ने भएको छ । ‘हामीले भ्रमण बर्षको माग गर्दा भएन’ लुम्बिनी विकास कोषका सदस्य सचिव राजेन्द्र थापा मगरले भने– ‘अहिले सरकारले घोषणा गरिहाल्यो,तयारी गर्न हम्मे हम्मे पर्लाजस्तो छ ।’ उनले भ्रमण बर्ष २०१३ मा घोषणा हुन्छकी भन्ने आफुहरुको सोचाई रहेपनि सरकारले १२ लाई नै घोाषणा गरेकाले घोषणा अनुमोदन भएकै भोलीपल्टदेखि तयारीमा जुटेको बताए । तर भ्रमण बर्षको कार्यक्रम भने अझैसम्म तय भएको छैन ।

विकास कोषले भ्रमण बर्षको लागि विभिन्न देशका ख्यातीप्राप्त र प्रतिष्ठित ब्यक्तित्वहरुलाई भ्रमण बर्षको शान्तिदुतमा नियुत्त गर्ने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । लुम्बिनीमा भ्रमण बर्षमा सकेसम्म धेरै पर्यटकहरु भित्रयाउन र यसको महत्वलाई रचनात्मक ढङगले प्रचार प्रसार गर्न विभिन्न देशबाट शान्तिदुतको रुपमा घोषणा गरिने योजना अगाडि ल्याईएको हो । भ्रमण बर्ष २०१२ को शुभारम्भ हुने दिन पुस १७ गतेसम्ममा लुम्बिनीलाई थप आकर्षक बनाउने कार्य प्रारम्भ गरिने तयारी भएको छ ।

यस्तै बुद्धसंग सम्बन्धित रुपन्देहीको देवदह,नवलपरासीको रामग्राम र कपिलबस्तुको तिरौलाकोटमा समेत सरसफाई र पर्यटकहरुलाई पुर्‍याउने बिषयमा छलफल भईरहेको कोषले जनाएको छ । कोषका सदस्य सचिव थापाले रुपन्देही,कपिलबस्तु र नवलपरासीमा रहेका लुम्बिनीसंग सम्बन्धित क्षेत्रको समग्र विकासको लागि समेत भ्रमण बर्षले टेवा पुर्‍याउने दावी गरे । अन्तराष्ट्रिय पर्यटकीय स्थलको रुपमा विकास भएको लुम्बिनीको प्रचार प्रसार र पर्यटक प्रबद्र्धन गर्ने मुख्य उदेश्यले भ्रमण बर्षको घोषणा गरिएको हो ।

लुम्बिनीमा पर्यटकहरु एक दिनभन्दा बढि नबसेकाले ‘लेन्थ अफ स्टे’ लाई समेत भ्रमण बर्षले सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ ।

लुम्बिनी क्षेत्र सहित भैरहवा र बुटवल शहरमा समेत भ्रमण बर्षमा आउने पर्यटकहरुलाई स्वागत गर्न होटल ब्यवसायिहरुले पनि तयारी थालेका छन् । उनीहरुले आफ्नो ब्यापार ब्यवसाय समेत फस्टाउने अपेक्षाका साथमा होटललाई झकिझकाउन बनाउन लागि परेका हुन् । आएका पर्यटकहरु एक दिन पनि नबस्दा यहाँका होटल ब्यवसाियहरुले लाभ लिन सकेका छैनन ।,तर यो भ्रमण बर्षले भने आफुहरुको अपेक्षा पुरा गर्ने ब्यवसायिहरुले आश राखेका छन् । पुस १७ गतेदेखि शुरु हुने लुम्बिनी भ्रमण वर्षको संस्कृतिमन्त्री गोपाल किरातीको संयोजकत्वमा १०८सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ ।

Posted by Butwalonline on 7:59 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "लुम्बिनी भ्रमण वर्ष घोषणाले चासो बढायो"

Leave a reply