|

चर्चित कलाकार दारा सिंहको निधन


मुम्बई, असार २८ (एजेन्सी) - कुस्तिबाजबाट कलाकार बनेका दारा सिँहको आज बिहान निधन भएको छ । एकहप्तादेखि जीवन-मृत्युसँग संघर्ष गरिरहेका उनको आज बिहान सवा सात बजे निधन भएको हो । पारिवारिक डाक्टर आर. के अग्रवालले दारालाई बिहान मृत घोषित गरेका थिए ।

परिवार सुत्रले जनाए अनुसार आज दिउसो २ बजे उनको अन्तिम यात्रा निकालिने छ ।  चर्चित धारावहिक श्रृखला रामायणमा हनुमानको भूमिका निर्वाह गरेका उनी स्वस्थरुपमा फर्किन कठिन भएपछि बुधबार राति अस्पतालबाट उनलाई आफ्नै घर ल्याइएको थियो ।

८४ वर्षीय उनको दिमागमा रगतको प्रवाह रोकिएपछि उपचारका लागि कोकिला बेन अस्पताल लगिएको थियो । उनको अवस्था सुधार हुने सम्भावना क्षीण भएको चिकित्सकहरुले घर लैजान सल्लाह दिएका थिए । ४ दिन अघिदेखि उनलाई आइसियुमा राखी उपचार गरिएको थियो । 'हामीले एमआरआइ गरायौं। उनको मगजमा अक्सिजन सप्लाइ हुन सकेन,' डा. राम नारायणले भनेका थिए ।चिकित्सकहरुले उनका लागि कुनै पनि औषधीले अब काम नगर्ने बताएका थिए । चमत्कार हुने हो भनेमात्र हो अन्यथा कुनै पनि संजिवनीले उनलाई बचाउन नसक्ने नारायणको भनाई थियो।
समाचार नागरिक न्यूज बाट

Posted by Butwalonline on 1:51 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "चर्चित कलाकार दारा सिंहको निधन"

Leave a reply