|

ट्यांकर विस्फोट हुँदा सय भन्दा बढीको मृत्यु


काठमाडौं असार २८ नाइजेरियाको दक्षिण-पूर्वी इलाकामा पेट्रोल भरिएको एक ट्यांकर विस्फोट हुँदा सय भन्दा बढीको मृत्यु भएको छ भने ३५ जना घाइते भएका छन् ।

अधिकारीहरुका अनुसार तेलले  भरिएको ट्यांकर पल्टिएपछि चुहिएको पेट्रोल संकलनका लागि मानिसहरु जम्मा भएका बेला विस्फोट भएको थियो । मृत्यु भएकाहरुको शव पूर्ण रुपमा जलेका पहिचान हुन नसक्ने अवस्थामा रहेको बताइएको छ । उनीहरुको अब सामूहिक संस्कार गरिनेछ ।
समाचार ऑनलाइन खबर बाट 

Posted by Butwalonline on 6:47 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "ट्यांकर विस्फोट हुँदा सय भन्दा बढीको मृत्यु"

Leave a reply