|

यो बर्षको दशै


घर फोन गर्या थिए
दशै आयो रे !!!

सबै गाउघरका साथी भाई जम्मा भै सके रे

कमेरोले घर पनि पोते होलान...
घरको पर्खालमा मखमली, सयपत्री गुर्धौली
फुल पनि फुल्न लाग्या होलान..

ती पहेलै जमराहरु,परिवारले मेरो बाटो हेर्दै होलान
टिका नथापेको पनि सालौ भईसक्यो
छोरा छोरीलाई टिका नलगाइदिएको पनि सालौ बिती सक्यो
प्यारी श्रीमती अनी छोरा छोरीले, बुढा बुवाले मेरो बाटो हेर्दै होलान..
खबर त पठाएको थिए आउन पाइन भनेर तै पनि
कस्तो निर्दयी रैछ भनी नभन्नु मलाई
यस सालको दशै पनि पर्खाइमै बित्ने भयो

त्यो पुर्णिमाको अघिल्लो रात अर्घामा रमाएको
अनी मन्दिरमा दर्शन गरेको,
त्यो अर्घाको मेलामा सराएमा नाचेका
ती रमाइला क्ष्यणहरु कहाँ बिर्सिएको छु र

नमरे बाचे कालले साचे अर्को सालको दशैमा त
पक्का सँगइ मनाउने अठोटका साथ
शुभकामना रुपी यी आशिर्बादका शब्दहरु पठाउदै छु

सदा सर्बदा सुखी रहनु, खुशी रहनु जिबनको गोरेटोमा
कहिल्यै काँडा नआओस,रहोस् स्वोच्छ भाबना
दिर्घायु हुनु, हरेक कदम, हरेक काम सफल होस
यही छ मेरो बिदेशबाटै यो दशैको शुभकामना

आधी बेहरीको तुफान, हुरीको बेग जस्तै गती
बनी हरेक दु:ख, कष्ठहरुको गर्दै जानु सामना
म साथमा हुँ या न हुँ, रहुँ या न रहुँ
यही छ मेरो यो बिजय दशैको शुभकामना


सगरमाथाले जस्तै उच्च शिर उठाइ
आत्मविश्वाशका साथ रहोस् अटुट भावना
रहोस् सधैं हरेक परीवारमा मेलमिलाप
यो आउँदै गरेको बिजया दशैको शुभकामना::::J))))))))

रामु गैरे - अर्घाखाँची- नुवाकोट -४ चिउरामाटी - माझघर
हाल : मरुभुमिको खाडी मुलुक दुबइ बाट

Posted by Butwalonline on 9:08 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "यो बर्षको दशै"

Leave a reply