|

बुटवल लायन्स,लायनेस र लियो क्लबको आयोजनामा निशुल्क नेत्रपरिक्षण


बुटवल, २२ असोज ।बुटवल लायन्स,लायनेस र लियो क्लबको आयोजनामा बुटवल देबिनगर स्थित नबिन औद्योगिक उच्च माबि मा निशुल्क नेत्रपरिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा बुटवल लायन्स आखाा अस्पतालका बिशेषज्ञहरुले बिद्यार्थिहरुको नेत्र परिक्षण गरेका थिए । त्यस अवसरमा बिद्यालयका ९९९ बिधार्थिको नेत्र परिक्षण गर्दा ३१ जनामा दृष्टिदोष पाईएको र तिनिहरुको बुटवल लायन्स आखाा अस्पतालमा थप उपचार गरीने क्लवका सचिव दिनेशप्रसाद श्रेष्ठले जानकारी दिनु भयो ।

क्लवका अध्यक्ष अम्बु प्रसाद श्रेष्ठको  सभापतित्वमा भएको कार्यक्रममा क्लबका प्रथम डिष्ट्रिक गर्भनर महेन्द्रनारायण श्रेष्ठ, बिद्यालयका अध्यक्ष कद्दर बहादुर रायमाझि, प्राचार्य प्रेम बहादुर बस्नेत लगायतले बोल्नु भएको थियो ।

Posted by Butwalonline on 8:24 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "बुटवल लायन्स,लायनेस र लियो क्लबको आयोजनामा निशुल्क नेत्रपरिक्षण"

Leave a reply