|

साढे १४ करोड लागतको सुबिधा संपन्न ५० बेड क्षताको अस्पताल बन्ने


किरणमान बज्राचार्य,कपिलवस्तु, २२ असोज-कपिलवस्तुमा सुबिधा संपन्न ५० बेड क्षताको नयाा अस्पताल भवन निर्माण हुने भएको छ । तौलिहवा स्थित जिल्ला अस्पतालमा १४ करोड ५१ लागतको नयाा अस्पताल निर्माण हुने भएको हो ।

भवन निर्माणका लागि सरकारले गत बर्ष नै ४ करोड ३८ लाख ३३ हजार रुपैया रेड बुकमा बिनियोजन गरेको थियो । । भारतीय सरकारको सहयोगमा ४० बर्ष अघि निर्माण गरिएको अस्पतालको पुरानो संरचनालाई भत्काएर नयाा अस्पताल निर्माण गरिने भएको अस्पतालका प्रमुख डाक्टर अनन्त शर्माले जानकारी दिए । नयाा अस्पतालमा आई.सि.यु.अल्ट्रासाउन्ड, ईसीजी, एक्सरे, बिभिन्न रोगको माईनर र मेजर अप्रेशन सेवा, ल्याव लगायतका अंचल अस्पतालको हाराहारीमा सेवा सुबिधा हुने उनको भनाई छ । निर्माण हुने अस्पताल ५० बेड क्षमता र ३ तले भवन बन्ने भवन तथा शहरी विकास डिविजन कार्यालय रुपन्देहीले बताएको छ ।

अस्पताल निर्माणका लागि टेण्डर भईसकेको र एक महिना भित्र निर्माण कम्पनीको छनौट भई तीन महिना भित्र निर्माण कार्य शुरु हुने डिविजन कार्यालयका ईन्जीनीयर शिखर लामाले जानकारी दिए । उनका अनुसार १० लाख बढी अमेरिकी डरलको भौतिक संरचना निर्माण गर्दा बिश्व बैंकमा रिभ्यु गर्न पठाउनु पर्ने प्रावधानले गर्दा केही समय ढिलाई भएको उनको भनाई छ ।

प्रसुति गृहलाई भने यथावत राखेर ओपिडी सेवा संचालन गर्न बैकल्पिक सेड निर्माण गर्ने योजना छ । प्रसुति गृहमा प्रसुति संंबन्धी सबै सेवाहरु ( सी.ई.ओ.सि.) उपलब्ध हुनेछन् । निर्मांण हुने अस्पतालको पहिलो तलामा डेन्टल, आईसीयु, पुरुष र महिलाका लागि १२ बेड भएको ३ रिकभरी वार्ड रहनेछन् । त्यस्तै कालाजार ईकाई पनि यही खडा गरिने छ । ओपीडी सेवामा गायनाक्लोजीष्ट, आाखा, सर्जिकल फिजीसिएन,   फर्मेसी, एचआईभी एड्स र भीसीडी, डट्स, फार्मेसी समेत रहने छन् ।

नयाा बन्ने अस्पतालमा इमरजेन्सी सेवा, प्याथोलोजी, सीओसी प्रसुति सेवाहरु तथा रेजिस्टेनट र एकाउन्ट सेक्सन समेत हुनेछ । नयाा भवनमा लिफ्टको सुबिधा तथा बहुउद्देश्य किसिको हुने बताईएको छ । माथिल्लो तलामा प्रशासन, बहुउद्देश्यीय तालिम हल, लड्री, कपडा सुकाउने ठाउ रहने छ ।
यस अघि गत माघ मै स्वासथय मन्त्री राजेनद्र महतोले टेण्डर हुनु अघि नै भवनको शीलान्यास गरीसकेका छन् ।

Posted by Butwalonline on 8:03 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "साढे १४ करोड लागतको सुबिधा संपन्न ५० बेड क्षताको अस्पताल बन्ने"

Leave a reply