|

वडा नागरिक मन्चको श्रमदानबाट वाटो निमार्ण


किरणमान बज्राचार्य,कपिलवस्तु, २२ असोज-कपिलवस्तुको वरकलपुर गाविसको वार्ड नं ८ का वडा नागरिक मन्चले लोकमार्ग देखि आफ्नो गाउ भरिया जाने वाटो ममर्त शुरु गरेको छ । ठाउ ठाउमा खाल्टा खुल्टी भएको सो वाटोमा उनीहरुले करिव चार सय मिटर माटो पाट्ने, नाली निमाण गर्ने र खन्ने तथा ह्यूम पाइप ओच्छाउने काम गरेका छन् ।

प्रत्येक घरबाट दुई सय तथा ६ दिन श्रमदान गरेर बाटो वनाउन हौसिएका गाउलेहरुलाई  स्थानीय विकास कोषको कार्यकारी सचिवले वडा नागरिक मन्चको सो कार्यबाट आफू निकै प्रभावित भएको र अगाडीको कार्यलाई स्थानीय निकायले सक्दो सहयोग गर्ने बताए । वडा नागरिक मन्चका अध्यक्ष जगलाल यादवले आफुहरुले गरेको कामका जिबिस र गाबिसले सहयोग गर्नु पर्ने माग गरे ।

जिबिसको सहयोगमा स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम मार्फत जिल्लाको सवै गाविस र नगरपालीकाको सवै वार्डहरुमा वडा नागरिक मन्च गठन गरिएको छ । अहिले किसानहरुको खाली समय र वडा दशै जस्तो चाडको मुखमा वर्षाले विगारेको आफ्नै गाउ घरको वाटोमा श्रमदान गरि राम्रो वनाउन सवै वार्ड नागरिक मन्चहरु सकृय भएमा जिल्ला कै मुहार फेरिने स्थानीय बिकास अभिकारी राम प्रसाद पाण्डेयले बताए । समुदायले गरेर नसक्ने काममा गाविसमा आउने अनुदान रकम उपयोग गर्दा अझ प्रभावकारी र सार्थक हुने उनका् भनाई छ । गाविसमा आउने अनुदान रकम प्रत्येक वार्डलाई वरावर भागवण्डा गर्नु भन्दा आफ्नो काम आफै गर्ने वार्डलाई तुलनात्मक रुपमा वढी प्राथमिकता दिने परिपाटी वसाल्नु पने स्थानीयबासीको भनाई छ ।

Posted by Butwalonline on 7:52 PM. Filed under , , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "वडा नागरिक मन्चको श्रमदानबाट वाटो निमार्ण"

Leave a reply