राजा शुद्धोधन र मायादेवीको समाधीस्थल ओझेलमा
किरणमान बज्राचार्य,कपिलवस्तु , २३ असोज-कपिलवस्तुको तिलौराकोट नजिकै रहेको भगवान गौतमबुद्धका पिता राजा शुद्धोधन र माता मायादेवीको समाधी स्थल ओझेलमा पर्दै गएको छ । संबन्धित निकायको बेवास्ता तथा प्रचार प्रसार अभावका कारण बुद्धका पिता र माताको समाधि स्थलका रुपमा रहेको सो स्ुतप ओझेलमा पर्दै गएको हो ।
लुम्बिनी बिकास कोषले बिना योजना तिलौराकोट दरबार क्षेत्र मात्र पर्खालले घेरेपछि ति दुबै स्तुप पर्यटकिय तथा पुरातात्विक महत्वको क्षेत्र बाट टाढिदै गएको छ । तिलौराकोट बाट ४ सय मिटर नजिकै रहेको उक्त स्तुपा महत्वपूर्ण भएपनि कसैले चासो नदिदा पर्यटक समेत त्यहा जादैनन् । तिलौराकोट भित्रैबाट जान सकिने मूल गेट बन्द गरिए पछि तिलौराकोट बाहिर निस्किई घुमेर लामो बाटो हिडेर जानु पर्दा पर्यटक बिच बाटै फर्कने गरेका छन् । तिलौराकोट भित्रबाट ४ सय मिटरमा पुग्न सकिने धमनिहबा स्तुप जान अहिले एक किमी भन्दा बढी हिडनु पर्ने भएको छ । यो स्थलको बिकासको लागि कुनै निकायले चासो नदिदा यो स्थलको धेरै बुद्धमार्गीलाई थाहा नभएको स्थानीयबासी सुदीप पौडेलको भनाई छ । ‘ यस्को बिकासको लागि कहिबाट पहल भएको छैन र नत यस्को प्रचारप्रसार गरिएको छ, त्यसैले धेरैलाई यो स्थलबारे थाहा नै छैन । ’ उनले भने । अहिले यो स्थलमा झारपात उम्रिएर निकै फोहर भएको छ । बर्षो देखि यस्को न त सरसफाई गरिएको छ न मर्मतसंभार नै गरिएको छ त्यसैले ट्वीन स्तुपा दयनीय अवस्थामा पुगको स्थाीयबासीले बताए ।
मोटर जाने राम्रो बाटो पनि छैन, त्यस माथी धेरै हिडनु परिरहेकाले ९० प्रतिशत बढी पर्यटकहरु धमनिहबा स्तुप नपुगी फर्किरहेका छन् । तिलौराकोट पछिको अर्को महत्बपुर्ण स्थल धमनिहबा हो । यहा राजा शुद्धोदन र महारानी यशोधराको समाधी स्थल रहेका छ । ईटाले बनाईएको राजा शुद्धोदनको ठूलो र त्यसैको उत्तर सटेर बनाईएको सानो मायादेबीको स्तुप रहेको छ । ईसा पुर्व पहिलो शताब्दीमा निर्मित तथा ईसा पुर्व दास्रो– पहिलो शताब्दीसम्म तीन पटक पुर्न: निर्मित ठुलो स्तुपको ब्यास ५२ फुट र उचार साढे सात फीट छ । ब्यास २६ फीट रहेको सानो स्तुप दास्रो– पहिलो शताब्दी अगावै नै निर्माण भएको थियो ।
तिलौराकोट भ्रमणमा आएका यात्रुहरुले नजिकबाट पुग्ने बाटो बन्द हुदा धमनिहबा स्पुत जान नसकेको गुनासो गर्ने गरेका छन् । ५०–६० बर्षे बुढाबुढी पनि छन्, उनीहरु धेरै हिडन नसक्ने हुदा धमनिहबामा लग्न नसकी त्यसै फर्केर लैजानु परेको दु:खेसो भिक्षु तेरोले पोखे । यो समस्यको समाधान गरिएन भने धेरै पर्यटकहरु त्यसै फर्किउर जाने पनि उनले बताए ।
बुद्ध स्थल तिर्थाटन गर्न आउने पर्यटकहरु धमनिहबा नपुग्दा उनीहरुको तिर्थथात्रा अधुरो हुन्छ, त्यसैले हजारौं माईल दुरी तय गरेर आउने तिर्थथात्री र पर्यटकहरु धमनिहबा नगई त्यसै फर्किनु परिरहेको छ भन्छन् अन्तराष्टिय बौद्ध समाज, लुम्बिनीका संस्थापक भिक्षु मैत्री । पर्यटकहरुलाई धमनिहबा जान परिरहेको समास्याबारे लुम्बिनी बिकास कोषलाई जानकारी गराएको भए पनि कुनै सुनबाई नभएको तिलौराकोट सुरक्षार्थ खटिएका एक प्रहरीले बताए ।
