|

क्षत्री समाज नेपाल बुटवल नगर समितिद्वारा अन्तरक्रिया कार्यक्रम संपन्न

बुटवल २२ असोज । राजनितिक जाति तथा व्यक्तिगत स्वार्थमा केन्द्रित भएका कारण सद्भाव कायम राख्नका लागि समाजका सबैपक्ष गंभिर बन्नुपर्नेमा एक कार्यक्रमा बत्ताहरुले जोड दिएका छन् । उनिहरुले राज्यबाट हरेकले समान अधिकार पाउनुपर्ने भन्दै समाजिक सद्भाव विथोल्ने क्रियाकलापलाई निरुत्साहित गर्न आवश्यक भएको बताए । क्षत्री समाज नेपाल बुटवल नगर समितिले सोमबार बुटवलमा अयोजना गरेको अन्तरक्रिया कार्यक्रमका बक्ताहरुले यस्तो बिचार व्यक्त गरेका हुन् ।

सो अवसरमा समाजाका नगर अध्यक्ष विष्णु बहादुर कार्कीले आफ्नो प्रतिवेदन पेश गर्दै गलत राजनितिक सिकायतले आज हरेक जातजाती आफ्नो अधिकारका लागि संगठित हुनुपर्ने अवस्था आएको बताए । उनले सामाजिक सद्भाव कुनै एक व्यक्ति वा स्वास्थाले मात्र कायम राखेर सम्भव नभएको भन्दै त्यसका लागि हरेक व्यक्ति र समुदाय सचेत हुनपर्ने बताए ।

क्षत्री समाजले गर्ने गर्ने हरेक क्रियाकलापमा संचार क्षेत्रले पुर्‍याएको योगदानको कदर गर्दै उनले आफुहरुका कमी कमजोर भए आगामी दिनमा सच्चाउदै लैजाने प्रतिवद्धता जनाए ।

कर्यक्रमा क्षत्री समाजका जिल्ल अध्यक्ष लेख वहादुर कार्की,सल्लाहकार राम बहादुर कार्की,समाजका अञ्चल सदस्य नुमा थापा, युवा अध्यक्ष हरि थापा क्षत्री,खड्क वहादुर महत,गणेश बहादुर अधिकारी,पत्रकार सुमन अधिकारी, लगायतले बोल्दै राज्यको पुर्नसंरचना गर्दा हरेक समुदायको राय सुझावविना गरिए त्यसको कार्यानयनमा समस्या हुने सुझाव दिएकाथिए । सो अवसरमा नगर समतिले अफ्नो स्थापनाकालदेखि गरेका क्रियाकलापहरु प्नि सार्वजनिक गरिएको थियो भने विभिन्न समयमा समाजको कार्यक्रममा सहयोग गर्नेहरुलाई प्रशंसा पत्र वितरण गरिएको थियो । नगर क्षेत्रभित्रबाट गरिब असाहय विद्यार्थीलाई छात्रा बृति वितरण गर्दै आएको नगर समितिले अवका दिनमा प्रतेक वर्ष पत्रकारिताका माध्यमबाट समाजमा सकारात्मक चेतना फैलाउने एक जना पत्रकारलाई सम्मान गर्ने पनि घोषणा गरेको छ ।


Posted by Butwalonline on 7:42 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "क्षत्री समाज नेपाल बुटवल नगर समितिद्वारा अन्तरक्रिया कार्यक्रम संपन्न "

Leave a reply