|

प्रधानमन्त्री कार्यालय बाहिर धर्ना बसेका ब्यक्तिलाई पक्राउ गरिएकोमा सरकारको भत्र्सना


वृजराज कुशवाहा,रामग्राम, नवलपरासी,  असोज २२-प्रधानमन्त्री कार्यालय बाहिर धर्ना बसेका मानवअधिकारकर्मी लगायत नागरिक समाजका ब्यक्तिलाई पक्राउ गरिएकोमा सरकारको अलोकतान्त्रिक कार्यको निन्दा एव भत्र्सना गरिएको छ ।

मानवअधिकार उल्लंघनको गम्भीर आरोप लागेका नेपाली सेनाका महासेनानी राजु बस्नेतको पदोन्नती तथा अर्जुन लामाको हत्याका आरोपी एमाओवादीका नेता अग्नी सापकोटा र सुर्यमान दोङको मुद्दा फिर्ताको विरोधमा मानवअधिकारकर्मी तथा नागरिक समाजका अगुवाहरु धर्ना बसेका थिए ।

अन्तरिम संबिधानको मौलिक हकको धारा १२ (स्बतन्त्रताको हक) माथी सरकारले गरेको हस्तक्षेप प्रति गम्भीर ध्यानाकर्षण भएको जनाउदै जवाफदेहीता निगरानी समिति नवलपरासीले प्रेस विज्ञप्ति जारी गरेको छ । समिति संयोजक वृजराज कुशवाहाद्धारा हस्ताक्षरित विज्ञप्तिामा मानवअधिकार उल्लंघनका दोषीहरुलाई कानूनी कारवाही हुनुपर्नेमा झन् प्रोत्साहन स्वरुप पदोन्नती एबं मुद्दा फिर्ता गर्ने निर्णय गरेकोमा निन्दा एवम भत्र्सना गरिएको छ ।

लोकतान्त्रिक प्रक्रियामा शान्तिपूर्ण तरिकाले विरोध प्रदर्शन गर्न पाउने नागरिकको अधिकारमाथि राज्यले अंकुश लगाएकोप्रति असहमति रहेको जनाउदै पक्राउ परेका व्यक्तिहरुको तुरुन्त रिहाई गर्न सरकारसंग जोडदार माग गरिएको छ ।

Posted by Butwalonline on 7:37 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "प्रधानमन्त्री कार्यालय बाहिर धर्ना बसेका ब्यक्तिलाई पक्राउ गरिएकोमा सरकारको भत्र्सना"

Leave a reply